मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बलिउड फिल्म खेल्दै रामचरण,कुन फिल्ममा देखिँदै छन् ?

काठमाडौँ – दक्षिण भारतीय सुपरस्टार रामचरण बलिउड फिल्ममा पनि देखिने भएका छन् ।

‘आरआरआर’ जस्तो पेन इन्डिया फिल्मबाट चर्चा कमाएका उनले सन्जय लीला भन्सालीको फिल्ममार्फत बलिउड डेब्यु गर्न लागेका हुन् ।

कुन फिल्म हो र उनले काम गर्ने पक्का भएको हो ? जस्ता विषय प्रष्ट नभए पनि बलिउडको ठूलो प्रोजेक्टकै लागि रामचरणसंग कुराकानी भइरहेको भारतीय मिडियाहरूको दाबी छ । 

यद्यपि यो फिल्म ‘द लिजेन्ड अफ सुहेलदेव’ पुस्तकमा आधारित हुने बताईएको छ । जसको लेखक अमीश हुन । सो फिल्ममा रामचरणले  सुहेलदेव बरहज नामको राजपूत योद्धाको भूमिका निभाउने छन् ।

रिपोर्टहरूका अनुसार यो फिल्मको केही समयमै औपचारिक घोषणा गर्ने तयारीमा निर्माताहरू छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?