पशुपतिको ‘सोच्दा सोच्दै गयो जिन्दगी’ सार्वजनिक

काठमाडौं – गायक पशुपति शर्माले एकल स्वरमा ‘सोच्दा सोच्दै गयो जिन्दगी’ बोलमा गीत सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गीतमा उनकै शब्द एवं संगीत छ ।

यसो गरे होला कि, उसो गरे होला सोच्दा सोच्दै गयो जिन्दगी’ गीतको भिडियोमा पनि पशुपति स्वयंम प्रस्तुत छन् ।

दुर्गा पौडेलको छायांकन एवं निर्देशन रहेको भिडियोलाई नवीन घर्ती मगरले सम्पादन गरेका हुन् । गीत पशुपतिको अफिसियिल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?