मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

निःशुल्क स्वास्थ्य शिविरमा २३५ जनाले गराए स्वास्थ्य जाँच

काठमाडौं । काठमाडौं महानगरपालिकाको जनस्वास्थ्य विभागले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा २३५ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । महानगरद्धारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा सरसफाइलगायत जोखिम क्षेत्रमा काम गर्ने कर्मचारी लगायत २३५ जनाको स्वास्थ्य परीक्षण गराएका हुन् ।

काठमाडौं महानगरपालिकाको जनस्वास्थ्य विभागले आयोजना गरेको शिविरमा ३ सय जनाको परीक्षण गर्ने लक्ष्य राखिएको थियो । निःशुल्क स्वास्थ्य शिविर विहान ८ बजेबाट सुरु भएको शिविर ३ बजेसम्म चलेको थियो ।

शिविरमा आधारभूत स्वास्थ्य परीक्षणसँगै नाक, कान, घाँटी र आँखाको परीक्षण भएको थियो । परीक्षणपछि आवश्यक पर्ने औषधि निःशुल्क प्रदान गरिएको थियो ।

जनस्वास्थ्य अधिकृत मञ्जु मास्केकाअनुसार जाँचबाट जटिल खालको समस्या भेटिएन । आँखा सम्बन्धी रिपार्ट प्राप्त हुन बाँकी छ । यसको प्रारम्भिक परीक्षण जटिल समस्या नदिएको मास्केले बताए ।

शिविर सञ्चालनका लागि नेपाल आँखा अस्पताल त्रिपुरेश्वर र काठमाडौं इएनटी अस्पताल, पुरानो बसपार्कले प्राविधिक सहयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?