मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मनकारी निश्चलले गरे स्थानीय स्वास्थ्य संस्थालाई तीन रोपनी जग्गा दान

काठमाडौं – फिल्म निर्देशक निश्चल बस्नेतले आफ्नो नाममा रहेको तीन रोपनी पुर्ख्यौली जग्गा स्थानीय स्वास्थ्य संस्थालाई दान गरेका छन् । इलाम नगरपालिका-१ साखेजुङमा रहेको तीन रोपनी दुई दाम दुई पैसा क्षेत्रफलको जग्गा उनले आधारभूत स्वास्थ्य उपकेन्द्रलाई दिएका हुन् ।

बुवाको इच्छामा उक्त जग्गामा स्वास्थ्य संस्थालाई प्रदान गरेको निश्चलले बताए । मालपोतमा जग्गा दान गर्न उनी बुवासँगै कार्यालयमा पुगेका थिए ।

वडा नम्बर १ का अध्यक्ष गायत्रीराम बस्नेतले निश्चलले दिएको उक्त जग्गा निकै उपयोगी हुने बताए । बाटोसँगै जोडिएको उक्त जग्गा उपयोगी र मूल्यवान पनि भएकाले स्वास्थ्य संस्था अब सुविधाजनक हुने अध्यक्ष बस्नेतले बताए ।

कामको कुरा गर्दा निश्चलको आगामी फिल्म ‘बेहुली फ्रम मेघौली’ फागुनदेखि छायांकनमा जाने तयारीमा छ । सन् २०८१ सालमा दुई फिल्म निर्देशन गर्ने उनको तयारी छ । निश्चलको पछिल्लो निर्देशकीय फिल्म ‘दिमाग खराब’ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?