मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एक दशकपछि कर्माले हेर ल्याउदै

काठमाडौं – स्रोता तथा दर्शकहरूमाझ पुग्न सांगीतिक ब्याण्ड ‘कर्मा’ले एक दशकपछि ‘हेर’ शीर्षकमा नयाँ एल्बम बजारमा ल्याउने भएको छ । ‘हुक्का मेरो डल्ले डल्ले’, ‘मौनतामा’, ‘कहाँ होला घरबार’, ‘यानीमाया’लगायतका चर्चित गीत गाएको ब्यान्डको यो छेठौं एल्बम हो ।

अहिले एल्बममा सामावेश गीतमाथि भिडियो तयार भइरहेको ब्यान्डको व्यवस्थापन सम्हालिरहेका विजय अधिकारीले जनाए । एल्बममा ८ गीत समेटिएका छन् । गीतमा ब्यान्डका फ्रन्टम्यान सुरेन्द्रमान सिंहको शब्द र संगीत छ ।

सन् १९९९ मा पहिलो एल्बम ‘सहर तिम्रो’ सार्वजनिक गरेको ब्यान्ड २००० मा बजारमा आएको दोस्रो एल्बम ‘हुक्का’ कर्मालाई चर्चामा ल्याइदिएको थियो । सन् २०१३ मा ुनयाँ सपनाु एल्बम ब्यान्डले सार्वजनिक गरेको थियो ।

केही वर्षदेखि अमेरिका केन्द्रित भई सांगीतिक गतिविधि गरिरहेको ब्याण्डले क्यानडा, अष्ट्रेलिया, युरोप, कोरिया र सिंगापुरलगायत देशमा सांगीतिक प्रस्तुति दिइसकेको छ ।

ब्याण्डले गत वर्ष ‘कारबारी छाता’ गीत सार्वजनिक गरेको थियो । कर्मा ब्याण्डमा फ्रन्टम्यान सुरेन्द्रमान सिंहसहित गितारमा फिरोज बज्रचार्य र रिग्जिन वाङ्गेल, ड्रममा अनिल शाक्य र बेस गितारमा ईश्वर घले आवद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?