मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शुरु भयो टुँडिखेलमा ल्होछारको चहलपहल

काठमाडौँ– काठमाडौंको टुँडिखेलमा ‘ल्होछार महोत्सव’को चहलपहल शुरु भएको छ ।

‘सोनाम ल्होछार मूल समारोह समिति’ले काठमाडौंमा तीन दिनसम्म पर्व मनाउने भनिए अनुसार आजदेखि टुँडिखेलमा ल्होछार महोत्सव शुरु भएको हो ।

आज लामा, बोन्बो र ताम्बाबाट पूजापाठ गरी ल्होछार पर्वको शुभारम्भ गरिएको समितिका संयोजक कुमार सिं घिसिङले बताए । अहिले सुमदाय विशेष खानाका स्टल, पुस्तक प्रदर्शनी र विविध सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् ।

तामाङ समुदायले राष्ट्रिय पर्वका रुपमा मान्ने ल्होछार यस वर्ष विक्रम संवत् अनुसार माघ २७ गते परेको छ । मञ्जुश्री संवतअनुसार सुमदायले २८६० औं ल्होछार पर्व मनाउँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?