मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘दयारानी’ प्रिमियरमा माओत्सेलाई खुशीसँगै डर किन भयो ?

काठमाडौं – बिहीबार साँझ राजधानीमा फिल्म ‘दयारानी’को प्रिमियर शो गरिएको छ । गुरुङ फिल्ममा अभिनयसँगै निर्देशनमा अनुभव संगालिसकेका अभिनेता तथा निर्देशक माओत्से गुरुङमा नेपाली ‘डेब्यू’ निर्देशकीय फिल्म ‘दयारानी’को प्रिमियर शोमा केही उत्साहित र डर देखिन्थ्यो ।

गुरुङ भेषभुषामा सजिएका युवतीहरुसँग नृत्य गरिरहँदा उनी केही समय खुशी देखिन्थे त केही समयमा हतारोमा देखिन्थे । जसो प्रिमियर अघिको कार्यक्रम सुरु भयो, उनले आफ्नो मनका कुरा राखे । ‘जानेर फिल्म बनाएको होइन, दाईहरुको सिको गर्दै अभिनय गरें, फिल्म बनाएँ’, माओत्से भन्दै थिए, ‘मेरो फिल्म चले चल्छ, नचले के गर्ने । सबै दर्शकको हातमा छ ।’ फिल्मकी नायिका दिया पुनले आफूहरुले राम्रो कथा दर्शकलाई दिएकाले दर्शकले मन पराउनेमा आफू ढुक्क रहेको बताइन् ।

कसले के भने ?

फिल्म हेर्न पुगेका पूर्वस्वास्थ्यमन्त्री तथा एमाले प्रमुख सचेतक पदम गिरीले आफूले फिल्म मनपरेको बताए । ‘नेपाली समाज त्यसमा पनि गुरुङ समाज र संस्कृतिको बारेमा फिल्मले बाहिर ल्याउने कोशिस गरेको छ । महिलाले एउटा बच्चा जन्माउन सकेन वा जन्मेन भने समाजले कति धेरै हेप्छ, कुरा काट्छ र एउटा महिलाको मनोबल कसरी गिराउँछ भन्ने कुरा यो फिल्मले नजिकबाट देखाएको छ’, निर्देशक गुरुङसँग विद्यार्थीकालिन समयदेखि परिचित गिरीले भने ।

निर्देशक तथा वितरक अशोक शर्माले दर्शकलाई माओत्सेले एउटा राम्रो फिल्म दिएको दाबी गरे । अभिनेता खगेन्द्र लामिछानेले फिल्मले सामाजिक पक्षलाई रमाइलो किसिमले बोलेको बताए ।

निर्देशक तथा कोरियोग्राफर रेनेशा वान्तवा राइले फिल्मको टिजर र ट्रेलरले वाचा गरे अनुरुपको फिल्म बनेको बताइन् । आमासहित फिल्म हेर्न पुगेकी अभिनेत्री प्रियंका कार्कीले ‘कासी’को भूमिकामा अभिनय गरेकी अभिनेत्री नयन गुरुङको अभिनय मनपरेको भन्दै प्रशंसा गरिन् । फिल्म आजबाट नेपालभर रिलिज भएको छ । फिल्ममा दयाहाङ राई, दिया पुन, विजय बराल, पुष्कर गुरुङलगायतका कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?