मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘गुगल बार्ड’ बाट यसरी निर्माण गर्न सकिन्छ उत्कृष्ट तस्वीर

काठमाडौँ– अहिले हामीले जताततै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट निर्माण गरिएका तस्वीर देख्छौ । एआईले निर्माण गरेका तस्वीरहरु निकै सुन्दर र आकर्षक पनि देखिने गर्छन् । 

यस कारण सबैलाई यसरी तस्वीर बनाउन मन लाग्छ, तर एआईवाट तस्वीर तयार पार्ने विषय प्रविधिमा सामान्य रुचि भएका व्यक्तिहरूलाई चाहिँ यो विषय जटिल जस्तो लाग्न सक्छ । 

अहिले इन्टरनेटमा त्यस्ता थुप्रै एपहरु छन्, जसको सहायताले आकर्षक तस्वीर बनाउन सकिन्छ । गुगलले हालै मात्र आफ्नो च्याटबट ‘बार्ड’ मार्फत तस्वीर तयार पार्न सकिने फिचर पनि सार्वजनिक गरेको छ । 

आज हामी तपाइलाई बार्डको प्रयोग गरी उत्कृष्ट तस्वीर तयार पार्ने तरिकाको बारेमा बताउँदै छौ । बार्डवाट तस्वीर निर्माण गर्दा सबैभन्दा पहिले बार्डको वेबसाइटमा गई ‘साइन इन’ गर्नुपर्ने हुन्छ ।

बार्डलाई तपाईँले जस्तो तस्वीर बनाउने निर्देशन दिए अनुसारको तस्वीर बनाउन सक्छ । तर, तपाईँले प्रम्प्ट स्पष्ट उल्लेख गर्नुपर्ने हुन्छ ।

तपाईँले एआईबाट फोटो तयार पार्न प्रम्प्टको सुरुवातमा जहिले पनि ‘जेनेरेट’ वा ‘क्रियट’ जस्ता शब्द प्रयोग गर्नुपर्छ । त्यसपछि बार्डले तपाईँको प्रम्प्टको आधारमा दुई ओटा तस्वीर उपलब्ध गराउँछ ।

यदि तपाईँलाई पहिलो पटक उक्त टुलले तयार पारेका तस्वीर मन नपरेमा ‘जेनेरेट मोर’ अप्सनमा ट्याप गरेर थप तस्वीर तयार पार्न निर्देशन दिन सक्नुहुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?