काठमाडौँ – त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको ‘सर्टलिस्ट’ १४ जना परेका छन्।
सहकुलपतिसमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईको संयोजकत्वको उपकुलपति सिफारिस समितिले दरखास्त दिएका ४३ जनामध्येबाट १४ जनाको नाम छनोट गरेको हो ।
सर्टलिष्टमा पर्नेहरूमा कुशुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्र बहादुर बुढाथोकी, ज्ञानेन्द्र प्रसाद पौड्याल, टंकनाथ धमला, तीर्थराज खनियाँ, नारायणप्रसाद वेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्र प्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भूसाल र सूर्यबहादुर थापा छन्।
छनोट भएका १४ मध्येबाट प्रस्तुतीकरण र अन्तर्वार्ताको कुल ३५ पूर्णाङ्कबाट ३ जनाको नाम नियुक्तिका लागि सिफारिस गरिनेछ । ती मध्ये एक जनालाई कुलपतिले त्रिविको २० औं उपकुलपतिमा नियुक्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया