मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भारतीय अभिनेत्री यामी गौतम आमा बन्दै 

काठमाडौँ – भारतीय अभिनेत्री यामी गौतम आमा बन्न भएकी छिन्। केही दिनअघि यामीको मुख्य भूमिका रहेको फिल्म ‘आर्टिकल ३७०’ कार्यक्रम भएको थियो। सोही कार्यक्रममा उनले यसबारे जानकारी गराएकी हुन ।

हुन त केही समय अघि श्रीमान आदित्य धरसँग एक कार्यक्रममा पुगेकी यामीले पछ्यौरीले पेट छोपेबाटै उनको गर्भावस्थाको चर्चा चलेको थियो।  जसलाई आर्टिकल ३७० को ट्रेलर रिलिजसँगै अभिनेत्रीले नै पुष्टि गरेकी हुन्।

भारतीय मिडियाका अनुसार यामी गर्भवती भएको साढे पाँच महिनाभन्दा बढी भइसकेको छ। यामी आफ्नो गर्भावस्थाको बारेमा थाहा पाएदेखि धेरै खुसी भएकी थिइन्। आउँदो मे महिनामा बच्चालाई जन्म दिनेछिन्।

यामी गौतम र आदित्य धरले ४ जुन २०२१ मा विवाह गरेका थिए। उनीहरूको प्रेम ‘उरी द सर्जिकल स्ट्राइक’ को सेटबाट सुरु भएको थियो। करिब दुई वर्ष एक अर्कालाई डेट गरेपछि उनीहरूले बिहे गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?