काठमाडौँ– संयुक्त राज्य अमेरिकाको च्यापम्यान विश्वविद्यालयको स्मिड कलेज अफ साइन्स एन्ड टेक्नोलोजीका वैज्ञानिकहरूको टोलीले च्याटजीपीटीजस्तै नयाँ जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेल विकास गरेको छ ।
‘ड्रगएआई’ नाम दिइएकाे यसले रोगहरूको उपचार गर्न नयाँ औषधीहरू डिजाइन गर्नेछ । वैज्ञानिकहरूले यो एल्गोरिदमलाई लचिलो संरचनाका लागि डिजाइन गरेको जनाएको छ ।
जसले भविष्यका अनुसन्धानकर्ताहरूलाई अझ परिष्कृत सम्भावित औषधीहरू सिर्जना गर्न सहयोग गर्ने गर्नेछ ।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को विकास तिव्र रुपमा भैरहेको अहिलेको समयमा यसले मानिसले गर्ने कामहरु गरिरहेकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया