मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अयोध्यास्थित राममन्दिर दर्शन गर्न पुगे नेपाली सांसद

काठमाडौँ– भारतको अयोध्यामा राम मन्दिर उद्घाटन भएपछि नेपाली सांसदहरू मन्दिरको दर्शन गर्न पुगेका छन् ।

उद्घाटनको दिन विभिन्न देशका प्रतिनिधिहरू  उपस्थित भए पनि सर्वसाधारणका लागि खुल्ला गरेपछि भने पर्यटकको रूपमा त्यसको दर्शन गर्ने नेपाली सांसदको टोली पहिलो भएको हो ।

हुन त प्रतिनिधि सभा अन्तर्गतका अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोरको नेतृत्वमा सांसद तथा समितिका कर्मचारीहरू माघ १६ गते भारतको दिल्ली पुग्दा कार्यतालिकामा अयोध्याको राम मन्दिर दर्शन गर्ने थिएन ।

सांसदको टोलीलाई उत्तर प्रदेश लग्ने, त्यहाँका मुख्यमन्त्री, राज्यपाल, विधान सभाका सभाध्यक्षलगायत उच्च स्तरीय भेटघाट तथा काशी विश्वनाथको दर्शन गर्ने कार्यतालिका रहेको थियो ।

यद्यपि उनीहरूले भारतीय दूतावाससँग अयोध्यास्थित रामन्दिर दर्शको  इच्छा पनि जाहेर गरेका थिए । तर सुरक्षाको कारण देखाउँदै राममन्दिर दर्शन गर्ने कार्य भ्रमण कार्यपालिकामा राखिएको थिएन । 

उनीहरूले भारत सरकारले बनाएको तालिकाअनुसार माघ २३ गते बिहान १० बजे नेपाली प्रतिनिधिमण्डल उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेट्न गएका थिए ।

भेटको क्रममा मुख्यमन्त्री योगीले नै टोलीलाई रामन्दिर दर्शनबारे चासो राख्दा समितिका सभापति यादवले आफूहरूलाई इच्छा भएको तर राम मन्दिरमा दर्शन कार्यक्रम कार्यपालिकामा नै नराखिएको सुनाए ।

प्रत्युत्तरमा नखनउ आएर राममन्दिर दर्शन नगरी फर्कने पनि हुन्छ ? भन्ने प्रश्न गरेका मुख्यमन्त्री आदित्यनाथले नै दर्शनको व्यवस्था मिलाएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?