मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बङ्गलादेश– नेपाल बस सेवा सञ्चालनको तयारी

काठमाडाैँ – बङ्गलादेश रोड ट्रान्सफोर्ट कर्पोरेसन (बीआरटीसी)ले नेपाल र भारतमा चार वटा नयाँ अन्तर्राष्ट्रिय रुटको बस सेवा सञ्चालन गर्ने तयारी गरेको छ । 

बीआरटीसीका अधिकारीहरूका अनुसार चार नयाँ रुटहरूमा चट्टोग्राम–कोलकाता, ढाका–गान्टोक (सिक्किम), बारिसाल–कोलकाता र ढाका–नेपाल रहेका छन् । 

बीआरटीसीले सन् २०१८ मा नै ढाका–नेपाल रुटबारे सर्वेक्षण गरेको भएपनि यसको सुरुवात भने हुन सकेको थिएन ।
साे सर्वेक्षणले चट्टोग्राम–कोलकाता रुट व्यावसायिक रूपमा सफल हुने देखाएको छ भने यसका लागि बीआरटीसीले रोर्ड ट्रान्सपोर्ट र ब्रिजेज मन्त्रालयलाई प्रस्ताव पठाइसकेको बताइएको छ ।

निर्णयका लागि विदेश मन्त्रालय पुगिसकेको सो प्रस्ताव पास भए यो तयारीले अन्तिम रूप पाउने छ । 

यस्तै ढाका–गान्टोक–दार्जिलिङ रुटका लागि पनि सन् २०१९ मा नै सर्वेक्षण र परीक्षण यात्रा सम्पन्न भइसकेको भने दुवै देशको सहमति नहुदाँ काम अघि बढ्न सकेको छैन । 

बारिसाल–कोलकाता रुटमा विषय यथास्थितिमा रहँदा ‘ढाका–नेपाल बस रुटमा विषय भने धेरै अघि बढेको बताइएको छ । यद्यपि तीन वटा देश संलग्न हुने भएकोले यसलाई अन्तिम रूप दिन केही समय लाग्ने छ ।

‘भूराजनीतिक स्वार्थ समेत जोडिएको क्षेत्र भएकोले केही समस्या भने अवश्य छ’ –आरटीसीका अध्यक्ष एमडी ताजुल इस्लाम भन्छन् – ‘सस्तो हुने भएकाले यो योजना तीन ओटै देशका लागि हरेक दृष्टिले महत्त्वपूर्ण हुनसक्छ ।’

बङ्गलादेशले सन् १९९९ मा पहिलो पटक ढाका–कोलकाताको अन्तर्राष्ट्रिय बस सेवा सुरु गरेको थियो ।

हाल ढाका–कोलाकातासहित अगरताला–ढाका, ढाका–सिलोङ–गुवाहाटी र ढाका–खुल्ना–कोलाकता गरी चार वटा अन्तर्राष्ट्रिय रुटहरू रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?