मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

महाभारतमा बाचेका १२ योद्धा को को थिए ?

हिन्दुहरूको प्रमुख ग्रन्थमध्ये एक महाभारतका बारेमा नसुन्ने त कमै होलान् । जसलाई भारतबर्ष संस्कृतिको अनुपम धार्मिक, पौराणिक, ऐतिहासिक तथा दार्शनिक ग्रन्थ मानिन्छ भने यसका प्रत्येक घटना र प्रसङ्ग उत्तिकै चाखलाग्दा र रहस्यपूर्ण छन् ।

एक शब्दमा असत्यमाथि सत्यको विजयको सन्देश दिने यस महाकाव्यमा मानिसले गर्न नहुने र हुने सबै कामको वर्णन छ भनिन्छ । जुन युद्ध सय भाइ गौरव र पाँच भाइ पाण्डवका बिच भए पनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा यसमा अरू धेरे जोडिएका थिए ।

१८ दिनसम्म चलेको यस युद्धमा अर्जुनका सारथिका रूपमा श्रीकृष्ण स्वयं सहभागी भएका थिए । तर उनले हतियार नउठाउने प्रतिज्ञा गरेका थिए । पुराणका अनुसार पृथ्वीमा लडेको सबैभन्दा ठूलाे युद्ध कुरुक्षेत्रमा लडिएको महाभारतमा को–को बाचेका थिए त ? 

धर्मको समर्थन गर्ने ५ पाण्डवहरू
महाभारतको युद्धपछि धर्मको समर्थन गर्ने ५ पाण्डव बाँचे । जसमा युधिष्ठिर, भीमसेन, अर्जुन, नकुल र सहदेव समावेश छन् । यद्यपि भीम र अर्जुनका छोराहरू यस युद्धमा मारिए ।

श्रीकृष्ण र यादवहरूका सेनापति सात्यकी
युद्ध पछि, श्रीकृष्ण र उनको सबैभन्दा मिल्ने साथी सात्यकी बाँचे । अर्जुनबाट धनुर्विद्या सिकेका उनी यादवहरूका सेनापति थिए ।आफूलाई धनुर्विद्या सिकाउने अर्जुनसँग कहिल्यै युद्ध नगर्ने प्रतिज्ञा गरेका उनी पाण्डवको पक्षमा रहे । जबकि कृष्णको नारायणी सेना भने कौरवहरूको पक्षमा लडेका थिए । पनि सात्यकी पाण्डवहरूको पक्षमा रहे।

जेठा कौरव युयुत्सु
कौरव भएरपनि पाण्डवको पक्षमा रहेका युयुत्सु पनि महाभारत युद्धमा बाँचे । कौरवहरूमध्ये युयुत्सु सबैभन्दा जेठा थिए । उनको जन्म दुर्योधनभन्दा पहिले भएको थियो । अर्थात युयुत्सु पनि धृतराष्ट्रका छोरा थिए तर दासीको सन्तान भएकाले उनले पनि उचित सम्मान पाएनन् । 

श्राप पाएर नै अश्वत्थामा बाँचे
द्रोणाचार्यका पुत्र अश्वत्थामा ८ चिरञ्जीवी मध्ये एक हुन् । उनले आफ्ना पिता द्रोणाचार्यको हत्याको बदला लिन पाण्डवका सुतेका छोराहरूलाई मारेका थिए । त्यसपछि श्रीकृष्णले दिएको श्रापले रूपमा उनले अमरत्व पाए । 

कृतवर्मा
भगवान कृष्णका बहादुर सिपाहीहरू मध्ये एक कृतवर्मा पनि युद्ध पछि बाँचेका मध्ये एक थिए । उनीसँग १२ वटा हात्तीको बल थियो । कृष्णको आदेशमा मात्र उनी कौरवहरूको सेनामा सामेल भएर कौरव पक्षको अतिरथी वीर बनेका थिए ।

वृषकेतु
कर्ण र वृषालीका सन्तान वृषकेतु पनि महाभारतको युद्धबाट बाँचे । कर्णले उनलाई हतियारसँगै ब्रह्मास्त्रको प्रयोग पनि सिकाएका थिए । तर महाभारतको युद्ध पछि भगवान कृष्णले उनलाई यो ज्ञान कसैलाई दिन प्रतिबन्ध लगाएका थिए ।

कौरव र पाण्डव दुवैका गुरु कृपाचार्य
महाभारतको भयङ्कर युद्धपछि बाँचेका योद्धाहरूमा कृपाचार्यको नाम पनि समावेश छ । उनी कौरव र पाण्डव दुवैका गुरु थिए । जसलाई चिरञ्जीवी बन्ने वरदान थियो । ऋषि कृपाचार्यले महाभारतको युद्धमा कौरवहरूको तर्फबाट सक्रिय भूमिका खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?