मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कति कमायो प्रभासको फिल्म ‘सलार’ ले ?

दक्षिण भारतीय सुपरस्टार प्रभासको फिल्म ‘सलार’प्रति दर्शकको क्रेज कम भएको छैन ।

रिलिजको दिन देखिनै राम्रो आम्दानी गरिरहेको फिल्मले यसलाई जारी राखेको छ । प्रदर्शनको ११ औँ दिनसम्म आई पुग्दा यो फिल्मले भारतीय बक्स अफिसमा ३६०.७७ करोड कमाई गरेको छ ।

विश्वभरबाट ५४५ करोड भन्दा बढि कमाई गरेकाे बताईए पनि सार्वजनिक भएकाे १० दिनकाे आकंडामा ‘सलार’ले ५२७.४० करोड कमाई गरेकाे छ ।

‘सलार’ले रिलिजको पहिलो सोमबार कलेक्सन एनिमल लाई उछिन्ने अपेक्षा गरिएको थियो । क्रिसमस भएको कारण पनि यो अपेक्षा गरिएको हो । तर ‘सलार’ले पहिलो सोमबार ४२.५० कमाएर एनिमल भन्दा पछि नै रह्यो ।

रणवीरको फिल्म एनिमलले पहिलो सोमबार ४३.९६ करोड कमाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?