मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जाडोको फेसन : यसरी राख्नुहोस् आफूलाई स्टाइलिस

मौसम चिसो बन्दै गएको छ । अब हामीले लगाउने पहिरनमा ध्यान पुर्याउन नसक्दा यसले स्वास्थ्यमा प्रतिकूल असर गर्छ ।

तर मानिसको रोजाइ, सोचाइ, चाहना र समयमा आएको परिवर्तनसंगै जाडो मौसममा शरीरलाई न्यानो पार्न जस्तोसुकै लुगा पनि लगाउने टे«ण्ड पुरानो भईसकेको छ । विशेष गरी युवापुस्तालाई जाडोमा न्यानो कपडा भएर मात्र पुग्दैन ।

हेर्दा सुन्दर र आकर्षक देखिन पनि उनीहरूको प्राथमिकतामा पर्ने गर्दछ । यो पुस्ता चिसोबाट जोगिनुका साथै साथीभाइमाझ होस् वा कार्यालयमा आफूलाई स्टाइलिस लुक दिन मामलामा चासो राख्छ ।

त्यसो भन्दैमा फेसनेबल हुन पातलो कपडा नै लगाउनुपर्छ भन्ने छैन । केही कुरा ख्याल गरे न्यानो कपडामा पनि स्टाइलिस देखिन सकिन्छ । 

ओभरकोट : यसले फेसनेबल देखाउनुको साथै चिसोबाट पनि जोगाउँछ । जाडोमा महिला–पुरुष दुवैले ओभरकोट लगाउन सक्छन । त्यस्तै बजारमा लेदर, डाउन, डेनिम, सिलिकनलगायत विभिन्न खाले ज्याकेट उपलब्ध छन । पर्फेक्ट साइजको ज्याकेट, स्विटर, हुडीलगायतले आकर्षक देखाउँछ ।

कोटमा बेल्ट : चिसो मौसममा कोटलाई स्टाइलिस र नयाँ लुक्स दिनका लागि यसमा बेल्ट पनि लगाउन सकिन्छ । महिलाहरूले कोटमाथि ऊनीको दुपट्टा स्टाइलिस सल पनि ओड्न सक्छन । यसले अझै राम्रो देखाउँछ । 

स्कार्फ : जाडोमा धेरै युवतीहरू रोजाईमा स्कार्फ पनि पर्छ । स्कार्फलाई कपालको पछाडिपट्टिको भागमा बाँध्दा स्टाइलिस देखिन्छ । 

बुट : राम्रो देखिनका लागि घुँडासम्म आउने बुट लगाउन सकिन्छ । यसलाई स्कर्ट, पेन्ट वा जम्परसँग पनि लगाउन सकिन्छ । त्यस्तै, लङ कोट वा स्कर्टसँगै हाई बुट, एंकल लेन्थ बुट वा थाइहाई बुट पनि लगाउन सकिन्छ । लेगिंग्स वा फिटिङ जिन्समा यो निकै सुहाउँछ ।

अहिले पहिरनको सम्बन्ध आङ ढाक्न वा जाडो छल्नमा मात्र छैन । यो मानिसको व्यक्तित्वसँग अभिन्न रुपले जोडिएको छ । आफ्नो शरीर अनुसार कस्तो पहिरन सुहाउँछ भन्ने कुरामा बढी सचेत हुन थालिएको छ । त्यसैले पिङमा जानुअघि आफ्नो शरीरको साइज र मनपर्ने कलरका विषयमा पनि सोच्नुपर्छ ।

कपडामा आफ्नो रुचिअनुसारको रङका पहिरन लगाउँदा हुन्छ  भने जाडोमा नेभी ब्लु, ब्ल्याक, ब्राउन, ग्रे, मरुन, ओलिभ ग्रिनलगायत सोबर कलरमा राम्रो देखिन्छ । पातलो शरीरमा फिटिङ कोट निकै राम्रो देखिन्छ । धेरै बाक्लोभन्दा पनि न्यानो हुने डाउन ज्याकेट, फिदर ज्याकेट, लङ आउटर कोट लगाउन सकिन्छ ।

कामकाजी महिलाहरुको हकमा लामो कुर्तीमा प्लाजो पाइन्ट जाडो मौसमका लागि उपयुक्त हुन्छ । कोटमा हिपसम्मको सर्ट कोट पनि राम्रो देखिन्छ । हिपलेन्थसम्मको कोटमा सिंगल बटन लगाउने यसमा वेस्ट लेन्थसम्म बटन प्रयोग गर्नुपर्दैन ।

जिन्स पाइन्टमा ज्याकेट वा कोट, ऊनी स्विटर, कलरफुल मफलर, पन्जा, टोपीलगायतले स्टाइलिस देखाउँछ । मोटो कटन, उलन र पस्मिनाका कोट लगाउने चलन पनि छ ।

उलनको टोपी पनि धेरै स्टाइलमा पाइन्छन् । तपाईंले आफूलाई मनपर्ने टोपी छान्न सक्नुहुन्छ । मोटो शरीर भएकालाई धेरै लुगा लगाउँदा थप मोटो देखिन्छ । यस्ता मानिसले हाफ नेक भएको उलनको स्विटर कोटभित्र लगाउँदा राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?