मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् २०२३ मा सबैभन्दा बढि कमाउने बलिउड फिल्म

वर्ष २०२३ हिन्दी फिल्म उद्योगका लागि लाभदायक साबित भएको छ । वर्षको सुरुवातमै किंग खानका नामले चिनिने शाहरुख खानले चार बर्षपछि ल्याएको पठानले रेकर्ड तोड्ने कमाई गर्दा उनको उस्तै ब्लकबष्टर फिल्म जवान समेत यसै वर्ष प्रदर्शनमा आयो ।

त्यस्तै सन्नी देओल,रणबीर कपुर र रणवीर सिंहले क्रमशः ‘गदर २’,’एनीमल’ र ‘रॉकी और रानी की प्रेम कहानी’ जस्ता हिट फिल्म दिए । यो वर्ष बबी देओलका लागि पुनरागमनको अवसरको वर्ष बन्दा एकपछि अर्को हिट फिल्मका लागि वर्ष २०२३ बलिउडमा नयाँ रेकर्डको वर्ष नै बन्यो ।

आउनुहोस् जानौँ यो वर्षका ब्लकबष्टर बलिउड फिल्मका बजेट र कमाइका बारेमा 

१.पठान
सिद्धार्थ आनन्दद्वारा निर्देशित फिल्म पठान जनवरी २५ बाट प्रदर्शनमा आएको थियो । शाहरुख खान,दीपिका पादुकोण र जोन अब्राहमको मुख्य भूमिका रहेको यो फिल्मको बजेट २२५ करोड भारतीय रुपैयाँ थियो ।

स्पाई – थ्रिलर फिल्म पठान ले हिन्दी फिल्मकै इतिहासमा रेकर्ड राख्दै ओपनिङमै ५५ करोड कमायो । यो सबैभन्दा छोटो समयमा २०० करोड कमाउने फिल्म बन्यो भने बाहुबली २ र केजिएफ २ को रेकर्ड समेत तोड्यो ।

फिल्म ‘पठान’ले भारतीय बक्स अफिसमा ६५४.२८ करोड रुपैयाँ र विश्वभरबाट १००० करोड रुपैयाँ भन्दा बढी कलेक्सन गरेको थियो । 

२.जवान
दक्षिण भारतीय चर्चित निर्देशक एटलीद्वारा निर्देशित पहिलो फिल्म जवानले पनि भारतीय सिने बजारमा धूम मच्चायो ।

गौरी खान निर्माता रहेको यो फिल्ममा शाहरुख खानको दोहोरो भूमिका रहेको छ । यस फिल्म सान्या मल्होत्रा, गिरिजा ओक, सन्जीता भट्टाचार्य, लहर खान, आलिया कुरेशी, रिद्धि डोगरा, सुनील ग्रोवर र प्रियामणि आदिको  को अभिनयलाई दर्शकले मन जित्न सफल रह्यो । 

एक्शन– थ्रिलर फिल्म ‘जवान’ ले बक्स अफिसमा तहल्का मच्चायो भने वर्ष भरिकै सबैभन्दा बढी कमाई गर्ने फिल्म बन्यो । ओपनिङमा हिन्दी भर्सनमा ६५ करोड कमाएको यो फिल्मले तमिल र तेलुगुमा ५–५ करोड कलेक्सन गरेको थियो ।

यो विश्व बक्स अफिसमा सुरुवाती कमाई १०० करोड पार गर्ने पहिलो हिन्दी सिनेमा थियो भने भारतमा चार हप्तामा ६१५.७२ करोड कमाई गरेको थियो । यसको निर्माण खर्च भने ३०० करोड थियो । 

३.गदर २
सन्नी देओलको बहुप्रतिक्षित फिल्म ‘गदर २’ अगस्ट ११ मा प्रदर्शनमा आएको थियो । अनिल शर्माद्वारा निर्देशित फिल्म गदर २ सन् २००१ को ब्लकबष्टर फिल्म गदर एक प्रेम कथाको सिक्वेल हो ।

यो फिल्म १९७१ को भारत –पाकिस्तान युद्धको पृष्ठभूमिमा आधारित छ भने यसलाई तारा सिंहको कहानीमा आधारित भएको बताइन्छ । जो आफ्नो छोरालाई फिर्ता ल्याउन दोस्रो पटक पाकिस्तान जान्छन् । 

अमीषा पटेल र उत्कर्षा शर्मा को मुख्य भूमिका रहेको यो फिल्मले प्रदर्शनको दिनमा भारतीय बक्स अफिसमा ४०.१० करोडको कमाई गरेको थियो ।

६० करोडमा बनेको यो फिल्मले भारतमा मात्रै ५२५.२ करोड र विश्वभरबाट कुल कमाई ६९१.०८ करोड गरेको थियो । 

४.राँकि और रानी की प्रेम कहानी 
यो फिल्म लिएर करण जौहर लगभग सात वर्ष पछि बलिउडमा फर्किएका छन् । रोमान्टिक ड्रामा यो फिल्म २८ जुलाई मा प्रदर्शनमा आएको थियो ।

रणवीर सिंह, आलिया भट्ट, धर्मेंद्र, जया बच्चन, शबाना आजमी, टोटा राय चौधरी, चूर्णी गांगुली र आमिर बशीर स्टारर यो फिल्मले दर्शकको मन जित्न सफल भयो । 

धर्मा प्रोडक्सन द्वारा निर्मित यो फिल्म रॉकी (रणवीर) र रानी (आलिया) को कथामा आधारित छ ।  १६८ करोडमा बनेको यो फिल्म कुल ३५५.६१ करोड कमाई गर्न सफल भयो । 

५.एनिमल
रणबीर कपुर स्टारर फिल्म ‘एनीमल’ले ६३.८० करोड कमाइसँगै ओपनिङमै रेकर्ड बनाएको थियो । सन्दीप रेड्डी वांगा द्वारा निर्देशित यस फिल्ममा  अनिल कपूर, बबी देओल, रश्मिका मन्दना र तृप्ति डिमरीको मुख्य भूमिका छ । 

एक्सन ड्रामा फिल्म एनिमल केही विवादमा समेत फस्यो । कसैले यसलाई महिला विरोधी फिल्मको आरोप लगाउँदा यसमा समेटिएका दृश्यहरू समेत विवादमा परेका थिए । 

यतिका विवादका बिच पनि यो वर्षको सर्वाधिक कमाई गर्ने फिल्ममा सूचिमा नाम लेखाउन ‘एनिमल’ सफल रह्यो भने रणबीरको करियमै ठुलो ओपनिङ सावित भयो ।

रिपोर्टहरूका अनुसार भारतीय सिनेमाको इतिहासमै ए सर्टिफिकेट पाएको कुनै चलचित्रले प्रदर्शनकै दिन विश्वभरबाट १०० करोड कमाएको यो नै पहिलो रेकर्ड हो । १०० करोडमा बनेको यो फिल्मले विश्वभरबाट ८६२ करोड अधिक कमाई गर्यो । 

६.टाइगर
१३० करोडमा निर्माण भएको सलमान खानको फिल्म ‘टाइगर’ दीपावलीमा प्रदर्शनमा आएको थियो । मनिष शर्माले निर्देशन गरेको यो फिल्ममा कैटरीना कैफ र इमरान हाशमी समेत भूमिका छ ।

यो  यसअघि प्रदर्शित टाइगर जिंदा है कै घटनामा आधारित फिल्म थियो ।  नाम अनुसार कमाल गर्न नसकेको यो फिल्मले प्रदर्शन कै दिनमा भारतीय बक्स अफिसमा ४४.५० करोडको कमाई गर्न सफल भयो ।

भारतबाट २८५.५२ करोड कमाई गरेको यो फिल्मको कुल कमाई भने ५६४.२ करोड रह्यो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?