मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘डंकी’ पछि के गर्दैछन् शाहरुख ? तीन एक्सन फिल्म ‘पाइपलाइन’मा

एजेन्सी– २०२३ मा तीन सफल फिल्म दिएका किंग खान शाहरुख खान फेरि एक्सन फिल्मै तयारीमा देखिएका छन् ।

यो बर्ष उनले गरेका ‘पठान’ र ‘जवान’ एक्सन फिल्म थिए भने दुवैले बक्स अफिलमा धुम मच्चाउन सफल रहे । जसबाट उत्साहित देखिएका उनी नयाँ बर्षमा एक्सन फिल्मकै साथमा पुनरागमन गर्ने भारतीय सिनेपत्रिकाहरुले उल्लेख गरेका छन् ।

उनका लागि अहिले तीन ओटा एक्सन फिल्म पाइपलाइनमा रहेको बताइएको छ भने थप अर्को एक एक्सन चलचित्र उनले सलमान खानसँग गर्दैछन । त्यसअघि आफ्नी छोरी सुहाना खानको फिल्ममा समेत उनी ‘गेष्ट रोल’मा देखिने छन ।

रिपोर्टहरुका अनुसार उनले दुई ओटा एक्सन फिल्म दक्षिण भारतीय निर्देशकका गर्दैछन् । जुन फिल्म लोकेश कनगराज र संदीप रेड्डी वांगाको हुनसक्ने बताइएको छ ।

‘जवान’ फेम निर्देशक एटलीसंग उनको पुनारागमनका लागि केहि समय लाग्ने आकंलन गरिदाँ आगामी बर्ष एटलीले अल्लू अर्जुनलाई लिएर फिल्म बनाँउदै छन् । जबकि यो फिल्मका लागि शाहरुख र विजय थलपपतिलाई लिने तयारीमा एटली रहेको खबरहरु बाहिरिएका थिए ।

जसलाई एटलीले नै पुष्टि गर्दा अहिले उनी वरुण धवनको फिल्म भिडी– १८ मा व्यस्त छन् । जसको आधा बढि काम बाँकि रहँदा यो बर्ष एटलीले अर्को फिल्म गर्ने सम्भावना समेत कम छ । 

यहि कारण अल्लू अर्जुनसंगको फिल्म समेत ‘पुष्पा २ ’को रिलिज भएपछि मात्रै हुन सक्ने सम्भावना बढि छ ।

शाहरुख र संदीप रेड्डी वांगाले गर्लान् त काम ?
शाहरुख र ‘एनिमल’ फेम निर्देशक सन्दीप रेड्डी वांगाले सहकार्य गर्न सक्ने अपेक्षा गरिएको छ । केहि समयअघि एक अन्तर्वाताका क्रममा समेत यो संकेत सन्दीपले गरेका थिए ।

यद्यपी तत्काललाई भने प्रभासको फिल्ममा उनी व्यस्त छन् । प्रभास स्टारर यो एक्सन फिल्म  ‘स्पिरिट’ हो । यता सन्दीप ९० को दशकको शाहरुखसंग एक्सन फिल्म प्रयोग गर्ने विचारमा देखिन्छन् ।

जसले ‘एनिमल’ मा स्पेशल इफेक्ट्स प्रयोग गरेर रणवीरलाई टीनएजको देखाएकै प्रयोग शाहरुखमा सन्दीपले गर्न खोजेको संकेत मिलेको छ । यद्यपी यसको औपचारिक घोषणा भने भएको छैन । 

छोरी सुहानाको फिल्ममा ‘गेष्ट रोल’ ?
छोरी सुहाना खानको आउन लागेको थ्रिलर फिल्ममा शाहरुखको गेष्ट रोल पक्का भईसकेको छ । यस फिल्ममा सुहाना जासुसको भूमिका रहने छिन भने शाहरुख त्यसैको मुख्य भूमिकामा रहने छन् ।

यो नयाँ वर्षमा यशराजको ‘टाइगर’ भर्सेस ‘पठान’ लाई लिएर नयाँ चर्चा छ । एउटा विधाको फिल्म बनाएपछि ब्रेक लिने यशराजको बानीले यो फिल्म यहि बर्ष बन्ने अपेक्षा गरिएको छ ।

सम्भावना यशराजले यो बर्ष ‘धुम ४’ सुरु गर्न सक्ने पनि छ । यस फिल्ममा भिलेनका लागि अक्षयकुमार र शाहरुखको नाम चर्चामा छन् । 

भिलेन बन्दा नै फाईदामा छन ‘स्टार’ !
स्मरणीय के छ भने अहिलेसम्मको सिनेमा इतिहासमा भिलेनको भूमिकाले नै कलाकारलाई ‘स्टारडम’ दिलाएको छ । यही कारण दिलीप कुमार,अभिताभ बच्चन,शाहरुख,ऋतिक र आमिर खानसम्मले भिलेनको भूमिका निभाईसकेका छन् ।

नयाँ उदाहरणका रुपमा ‘एनिमल’ मा बबी देओललाई हेर्न सकिन्छ । जसले उनलको बलिउड पुनारागमनलाई चर्चाको शिखरमा पुर्याएको छ  । ‘जवान’मा शाहरुखको भुमिका समेत एकहदसम्म एन्टिहिरो नै देखिएको छ । जसले प्रणालीलाई सुधार्न कानुन नै आफ्नो हातमा लिएका थिए ।

यहि उदाहरणकाबिच ‘धुम ४’ मा शाहरुखको भिलेन अवतारको अपेक्षा गरिएको छ । यद्यपी यस विषयमा शाहरुख र प्रोडक्सन कतैबाट पनि कुनै औपचारिक घोषणा भने भएको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?