मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् २०२३ मा सबैभन्दा बढि डिलिट गरिएका एप्सहरु 

मोबाइल फोन, ट्याबलेट कम्प्यूटर, स्मार्टफोनमा तथा विभिन्न विद्युतीय उपकरणहरूको लागि तयार गरिएको कम्प्यूटर प्रोग्राम अर्थात् एप्स मानव जीवनका आवश्यक बस्तु बन्न थालेका छन् ।

चिकित्सकको समय लिन दैनिक जीवनका अन्य धेरै सेवा प्राप्त गर्नका लागि यस्ता एप्सहरुको प्रयोग बढ्दो छ । जसमा सामाजिक सञ्जाल दैनिक जीवनको अभिन्न अङ्ग जस्तै बन्दा यिनीहरूसँग जोडिएका एप्सहरु पनि हाम्रा जानकारीमै रहने भए ।

पछिल्लो आँकडा अनुसार विश्वभर सामाजिक सञ्जाल चलाउनेको सङ्ख्या ४.८ अर्ब भन्दा बढी छ । रिपोर्टका अनुसार अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले दैनिक २ घण्टा २४ मिनेट यस्ता सञ्जालमा बिताउने गरेका छन् ।

तर धेरै समय खर्च गरेको,धेरै प्रयोगले विभिन्न असर गरेको वा अन्य कारणले यस्ता सञ्जालका एप्सहरु नै आफ्नो मोबाइल वा पर्सनल कम्प्युटर हटाउनेको सङ्ख्या पनि उक्तिकै छ । 

यी हुन्स न् २०२३ मा सबैभन्दा बढी डिलिट गरिएका एप्सहरु
ईन्ष्टाग्राम
अमेरिकी टेक फर्म टिआरजी डाटासेन्टरका अनुसार यो वर्ष सबैभन्दा बढी डिलिट भएको एप्स ईन्ष्टाग्राम हो । विश्वका करिव १० लाख मानिसले इन्टरनेटमा यसलाई डिलिट गर्ने तरिका खोजेका छन् । करिब दश लाख २० हजार जनाले ईन्ष्टाग्राम डिलिट गरेका छन् । 

स्नापच्याट
धेरै डिलिट हुनेको सूचिमा यो दोश्रो नम्बरमा स्नापच्याट परेको छ । जसलाई एक लाख अठ्ठाईस हजार पाँच सय जनाले डिलिट गरेका छन् । 
यो पछि एक्स (ट्वीटर) टेलिग्राम,फेसबुक,टिकटक,युट्युव,ह्वाट्सएपवीच्याटको नाम छ । ४९ हजारले फेसबुक डिलिट गरेका छन् भने ४ हजार ९ सय ५० जनाले ह्वाट्सएप डिलिट गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?