मोबाइल फोन, ट्याबलेट कम्प्यूटर, स्मार्टफोनमा तथा विभिन्न विद्युतीय उपकरणहरूको लागि तयार गरिएको कम्प्यूटर प्रोग्राम अर्थात् एप्स मानव जीवनका आवश्यक बस्तु बन्न थालेका छन् ।
चिकित्सकको समय लिन दैनिक जीवनका अन्य धेरै सेवा प्राप्त गर्नका लागि यस्ता एप्सहरुको प्रयोग बढ्दो छ । जसमा सामाजिक सञ्जाल दैनिक जीवनको अभिन्न अङ्ग जस्तै बन्दा यिनीहरूसँग जोडिएका एप्सहरु पनि हाम्रा जानकारीमै रहने भए ।
पछिल्लो आँकडा अनुसार विश्वभर सामाजिक सञ्जाल चलाउनेको सङ्ख्या ४.८ अर्ब भन्दा बढी छ । रिपोर्टका अनुसार अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले दैनिक २ घण्टा २४ मिनेट यस्ता सञ्जालमा बिताउने गरेका छन् ।
तर धेरै समय खर्च गरेको,धेरै प्रयोगले विभिन्न असर गरेको वा अन्य कारणले यस्ता सञ्जालका एप्सहरु नै आफ्नो मोबाइल वा पर्सनल कम्प्युटर हटाउनेको सङ्ख्या पनि उक्तिकै छ ।
यी हुन्स न् २०२३ मा सबैभन्दा बढी डिलिट गरिएका एप्सहरु
ईन्ष्टाग्राम
अमेरिकी टेक फर्म टिआरजी डाटासेन्टरका अनुसार यो वर्ष सबैभन्दा बढी डिलिट भएको एप्स ईन्ष्टाग्राम हो । विश्वका करिव १० लाख मानिसले इन्टरनेटमा यसलाई डिलिट गर्ने तरिका खोजेका छन् । करिब दश लाख २० हजार जनाले ईन्ष्टाग्राम डिलिट गरेका छन् ।
स्नापच्याट
धेरै डिलिट हुनेको सूचिमा यो दोश्रो नम्बरमा स्नापच्याट परेको छ । जसलाई एक लाख अठ्ठाईस हजार पाँच सय जनाले डिलिट गरेका छन् ।
यो पछि एक्स (ट्वीटर) टेलिग्राम,फेसबुक,टिकटक,युट्युव,ह्वाट्सएप र वीच्याटको नाम छ । ४९ हजारले फेसबुक डिलिट गरेका छन् भने ४ हजार ९ सय ५० जनाले ह्वाट्सएप डिलिट गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया