मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चिसोले कञ्चनजङ्घा क्षेत्रको पर्यटन प्रभावित

काठमाडौँ – कठ्याङ्ग्रिने चिसो बढेसँगै विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको अवलोकन गर्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ । केही साताअघिदेखि चिसो बढेपछि पर्यटक नआएका पर्यटन व्यवसायी पेमा शेर्पाले बताए ।

विगतका वर्षमा यस समयमा हिमपात हुने गथ्र्यो तर अहिले भने यस क्षेत्रमा हिमपात नभएको शेर्पाले बताउछन् । पर्यटक नआएपछि यहाँका होटल–लज पनि बन्द भएका छन् । यहाँका होटल सञ्चालक सदरमुकाम फुङ्लिङ झरेका छन् भने केही काठमाडौँ पुगेका छन् ।

चियो याम प्रारम्भ हुनुअघिसम्म कञ्चनजङ्घा क्षेत्रमा पर्यटकहरुको उल्लेखनीय आगमन भएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का टासी तेन्जिङ शेर्पाले बताए ।

गत असोज देखि पुस सम्ममा विभिन्न देशका सात सय ६० जना पर्यटक कञ्चनजङ्घा क्षेत्रको अवलोकनमा आएका थिए भने आन्तरिक पर्यटकको आगमन पनि उल्लेख्य रहेको उनले बताए ।

शेर्पाले भने, “कोरोना महामारीपछि पहिलोपटक यो वर्ष आन्तरिक तथा बाह्य पर्यटक कञ्चजङ्घा क्षेत्रमा धेरै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?