मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गुगल क्रोमलाई कसरी ‘सुपरफास्ट’ बनाउने ?

कम्प्युटरमा वेबसाइट खोल्नका लागि विभिन्न ब्राउजर उपलब्ध छन् । जसमध्ये गुगल क्रोम सबैभन्दा बढी प्रयोग हुने ब्राउजर हो ।

मोबाइलको सवालमा आइफोनले सफारी र एन्ड्रोइडले गुगल क्रोमलाई पहिले नै इन्स्टल गरि राखिदिएका हुन्छन् भने यसो हुनुमा क्रोम गुगलले विकास गरेका ब्राउजरहरुमा सबैभन्दा उत्तम हुनुपनि एक कारण हो ।   

ब्राउजरमार्फत् एकैपटक धेरैवटा साइट खोल्न वानी परेका मोबाइल प्रयोगकर्ता अहिले पनि क्रोम नै प्रयोग गर्न रुचाउँछन् भने कम्प्युटरमा पनि यसको प्रयोग उत्तिकै छ । तर कोही बेला भने क्रोम सुस्त भएर प्रयोग कर्तालाई वाक्क लाग्ने गर्दछ । जुन समस्यालाई तपाई एउटा सेटिङ्ग मिलाएर समाधान गर्न सक्नुहुन्छ ।

यो सेटिङ्गको नाम ‘हार्डवेयर एक्सिलेरेसन’ हो । जुन ‘डिफल्ट’ रुपमा ‘अफ’ रहन्छ् । जसलाई ‘अन’ गर्नुपर्ने हुन्छ । 
‘अन’ गर्नका लागि गुगल क्रोमको ‘ओपन’ गर्नुहोस् । अब ‘सेटिङ्ग’ मा जानुहोस् र ‘सिष्टम’ को अप्सनमा क्लिक गर्नुहोस् ।

अब तपाईँले ‘युज हार्डवेयर एक्सिलेरेसन ह्वेन अभाईएवल’ भन्ने अप्सन देखिन्छ । यसलाई ‘अन’ गर्नुहोस् । अब क्रोमले तपाईँलाई ‘रिलन्च’ गर्न भन्नेछ । ‘रिलन्च’ गरेपछि तपाईँको गुगल क्रोम ‘सुपरफास्ट’ हुनेछ ।

यो ट्रिकले फोनमा भने काम गर्दैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?