मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सूर्य र लक्ष्मीको पूजाका लागि उत्तम पुस,के गर्ने दान ?

के हाे खरमास ?

धार्मिक दृष्टिले पुस धर्म कर्मका लागि पवित्र महिना मानिन्छ । सूर्य आराधनाका लागि खास मानिने यो महिना चिसो भएकै कारण तातो कपडा,तिल,सख्खर लगायतका बस्तु दान गर्ने परम्परा रहेको हो ।

यस्ता बस्तुको दान गर्नाले कयौँ यज्ञ बराबरको पुण्य मिल्ने धार्मिक ग्रन्थहरुमा उल्लेख छ । प्राकृतिक रूपमा समेत धेरै सकारात्मक परिवर्तन देखिने यो महिना अध्यात्मतर्फ ध्यान जगाउने समयका रूपमा समेत मानिन्छ ।

खरमास हुने भएका कारण शुभ कार्य गर्न नमिले पनि यो महिनामा सूर्य भगवानका साथमा लक्ष्मी र कुबेरको उपासना धार्मिक फलदायक हुने धर्मशास्त्रविद्हरू बताउँछन् ।

के – के बस्तुको दान गर्ने ?
पुस महिना हेमन्त ऋतुमा पर्ने चिसो महिना हो । शास्त्रअनुसार यो महिना तिल,गहुँ,तातो कपडा,तामाको भाडा,जुत्ता चप्पल दान गरे पुण्य मिल्दछ । त्यस्तै रातो रङका बस्तु समेत दा गर्न सकिन्छ ।

कसरी गर्ने सूर्यको उपासना ?
धार्मिक मान्यता अनुसार सूर्यलाई हरेक दिन प्रातकालमा नुहाएपछि अर्घ दिनु पर्दछ । सूर्य देवको उपासना गर्दा तामाको पात्रमार्फत पवित्र जल अर्पण गर्नुपर्दछ ।

त्यस्तै सूर्यको व्रत बस्नेहरुले हरेक साताको प्रथम दिन अर्थात आइतबार व्रत बस्नु पर्दछ भने व्रतको दिन नुन खान वर्जित गरिएको छ। व्रतालुले भोजनमा दूध तथा फलफूलको मात्र प्रयोग गर्नु पर्दछ ।

सूर्य देवको उपासना वा सूर्यलाई नमस्कार गर्दा यि १२ मन्त्रको उच्चारण गर्नुपर्दछ ।

ॐ मित्राय नम, ॐ रवये नमः, ॐ सूर्याय नमः, ॐ भानवे नमः, ॐ खगाय नमः, ॐ पुष्णे नमः,ॐ हिरण्यगर्भाय नमः, ॐ मारिचाये नमः, ॐ आदित्याय नमः, ॐ सावित्रे नमः, ॐ अर्काय नमः, ॐ भास्कराय नमः

खरमास भनेको के हो ?
पुस १ देखि माघ १ सम्म खरमास लाग्ने गर्दछ । सूर्य धनु राशिमा प्रवेश गरेपछि लाग्ने खरमासका बेला विवाह,व्रतबन्ध,द्विरागमन तथा नूतन गृह प्रवेश जस्ता शुभ कार्य बर्जित गरिएको छ ।

यो समयमा यस्ता शुभ कार्यका बारेमा सोधखोज वा चर्चा गर्न समेत निषेध गरिएको छ । त्यस्तै विवाह लागि केटा केटी हेर्ने,बिहेको मिति तय गर्ने जस्ता काम समेत गर्न हुँदैन ।

वर्षमा पुस र चैत महिना गरी दुई पल्ट लाग्ने खरमासमध्ये चैतको खरमास भने व्रतबन्ध गर्न र गृह प्रवेश गर्न बाधा लाग्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?