मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

डीआरको कथासंग्रह ‘खोक्पा’मा बुढेसकालको एक्लो जीवनलाई चित्रण

गीतकार तथा कथाकार डीआर ‘दिनेशकुमार राई’को कथासंग्रह ‘खोक्पा’ लोकार्पण भएको छ। नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्य तथा पेज टर्नर प्रालिका अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षतामा कृतिको लोकार्पण शनिबार गरिएको हो।

कार्यक्रमको प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राई, वरिष्ठ समालोचक महेश पौड्याल, सञ्चारकर्मी हेम भण्डारी र समालोचक निमग्ना घिमिरेले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका थिए।

संग्रहमा वैदेशिक रोजगारीले परिवार र सम्बन्धमा पारेको असर, जेष्ठ नागरिकले भोग्ने दु:ख, पर्यावरणलगायत विभिन्न विषयवस्तुका  ११ वटा कथा समावेश छन्।

पुस्तकमा संग्रहित ‘बुढो रुख’ कथाले प्रकृति र मानवको तुलना गर्दै बुढेसकालको एक्लो जीवनलाई चित्रण गरेको छ। ‘हराएको नाता’मा लेखकले जीवनको अन्तिम अवस्थामा छोराबुहारीले आमालाई छाडेर विदेश गएको विषय उठान गरी मार्मिक कथा बुनेका छन्।

वैदेशिक रोजगारीमा गएको बाबुले छोरीलाई ल्याइदिएको नयाँ बाकसभित्रको उपहारलाई विषय बनाएर डिआरले ‘नयाँ बाकस’ शीर्षकमा कथा लेखेका छन्। मानव जीवन र प्रकृतिका विविध पक्षलाई समेटिएको कथासंग्रह समग्रमा पाठकलाई कुनै नै कुनै रूपमा तान्न सफल छ। 

यसअघि डिआरको ‘नयाँ मोडहरूमा’ ‘गीतसंग्रह २०६३’, ‘कान्तिपुरदेखि सन्दकपुरसम्म’ ‘यात्रा संस्मरण २०६६’, ‘आत्मभाव’ ‘गीतसंग्रह २०७२’, ‘तिलस्मी’ ‘उपन्यास २०७५’, ‘सेन्टोसा’ ‘यात्रा संस्मरण २०७७’, ‘समयको डोब’ ‘अनुभव र अनुभूति २०७७’, ‘स्प्राउड अन द रक’ ‘तिलस्मीको अनुवाद २०७८ ‘लगायतका कृतिहरू प्रकाशित भइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?