मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म दयारानीको चोरी चोरी बोलको गीत रिलिज

अभिनेता माओत्से गुरुङको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म ‘दयारानी’को गीत रिलिज गरिएको छ । सोमबार अंग्रेजी नयाँ वर्षको अवसर पारेर इन्टरनेटमा रिलिज गरिएको ‘चोरी चोरी’ बोलको गीतमा फिल्मका मुख्य कलाकार अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुन फिचर्ड छन् । 

 
मनोज थापा मगरको संगीत तथा हर्क साउँदको शब्द रचना रहेको गीतमा संगीतकार थापा मगर र सदिक्षा कट्टेलको स्वर छ । ‘दयारानी’ आगामी माघ २६ गतेबाट नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउनेछ । अभिनेता माओत्से गुरुङले यही फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन् । 
 
बाँसुरी फिल्मस् र माओत्से फिल्मसको ब्यानरमा निर्माण भएको फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । फिल्ममा दयाहाङ र दीयाका अलवा विजय बराल, प्रमिश गुरुङ, पुस्कर गुरुङ, श्रीशा कुँवर, नयन गुरुङलगायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?