मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रतापको चाहन्छुमा बिजु र कविताको फिचर्ड

गायक प्रताप दासको स्वरमा रहेको गीत ‘चाहन्छु ५’ सार्वजनिक भएको छ। गीतमा सरोज पोखरेलको शब्द र संगीत, देवेश राईको एरेन्ज र किशोर थापाको मिक्सिङ तथा मास्टरिङ छ।

सरोजकै प्रस्तुति रहेको भिडियोमा बरुण अधिकारी र कुसुम शर्मा फिचर्ड छन्। सार्वजनिक रोमान्टिक फ्लेभरको गीतमा वरुण र कुसुमको जोडी निकै सुहाएको छ।

कलाकार बरुण अधिकारी एक दशकसम्म नेपाली हास्य टेलिसिरियल, म्युजिक भिडियो हुँदै नेपाली फिल्मको निर्देशनसमेत गरिसकेका चर्चित व्यक्ति हुन्। उनी विगत ५ वर्षदेखि अमेरिकामा रहँदै आएका छन्।

ए वान म्यूजिसियनमा रेकर्ड गरिएको गीतमा रत्न बिकको फ्लयुट र राजेश श्रेष्ठको रेकर्डिङ छ। साजन कट्टेलको निर्देशनमा बनेको म्युजिक भिडियोमा पुनम चौधरीको मेकअप, दिनेश पराजुलीको छायांकन, राकेश दाहालको सम्पादन र सरोज पोखरेलको कन्सेप्ट छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?