प्रेमी प्रेमिका वा पति पत्नीबीचको सम्बन्धलाई राम्रो र सुमधुर बनाउने एउटा माध्य सहवास वा यौन क्रियाकलाप हो ।
पार्टनर आफूहरुबीचको यौन कर्म लामोसमय होस् भन्ने चाहने विभिन्न अध्यननहरुले समेत देखाएको छ । यौन क्रियाको आनन्दको लम्बाई तपाईं आफू र पार्टनरमा भर पर्ने कुरा हो ।
वास्तविकता के हो भने प्रेम सम्बन्धलाई पूर्ण रूपमा स्थापित गर्नका लागि ३० मिनेट लाग्छ । यसमा व्यक्ति अनुसार समय थपघट हुनसक्छ ।
यौन कार्यका क्रममा केही मिनेटमा नै स्खलित हुनुहुन्छ भने यसले यौन जीवनलाई सुख दिँदैन । तपाई यौन कार्यबाट सन्तुष्ट भएपनि तपाईको पार्टनर सन्तुष्ट नभएको हनुसक्छ ।
दुबै जनाबीचको सन्तुष्टि हुन सकेन भने यौन जीवनमा समस्या देखा पर्न सक्छ । यौनका लागि विकल्प वा अन्य पार्टनरको खोजी हुने खतरा पनि रहन्छ । यसले गर्दा प्रेमी प्रेमीका बीचको सम्बन्धमा समस्या आउन सक्छ भने पति पत्नीबीच समस्या देखिए घरबार नै बिग्रने खतरा पनि रहन्छ ।
त्यसैले चाडो स्खलित हुने समस्या भएमा केही उपायहरु अपनाउन सकिन्छ–
फलफूल सागसब्जी खाने गर्नुस् । अध्ययनका अनुसार मांसाहारी भोजन गर्ने पुरुषका तुलनामा शाकाहारी पुरुषले लामो समय सेक्सको आनन्द उठाउन सक्छन् । फल र तरकारीबाट पाइने पौष्टिकताले उनीहरूलाई तागत र ऊर्जा प्रदान गर्छन् ।
सेक्स गर्नुअघि केरा खानुभयो भने लामो समय टिक्नुहुनेछ । केरामा पोटेसियम र ग्लुकोज हुन्छ र यसले तपाईंलाई सेक्सको पूरा आनन्द दिलाउँछ ।
अमलाको रस नियमित पिउने पुरुषको वीर्य क्षमता पनि बढ्छ अनि सेक्सको पनि आनन्द उठाउन मद्दत गर्छ । अमलामा जिन्क र आइरन भरपूर हुन्छ ।
सम्भोगअघि स्ट्रबेरी खानुभयो भने लामो समय सेक्स गर्न सक्नुहुन्छ ।
यसका अलावा चिनी र चुरोट त्याग्नुभयो भने पनि तपाईं लामो समय सहवास गर्न सक्नुहुन्छ । धुम्रपान गर्दा धमनी कडा भएर लिंगमा रक्तप्रवाह हुन पाउँदैन र उत्तेजित हुन दिँदैन ।
सेक्सको भरपूर आनन्द उठाउन चाहनुहुन्छ भने हात र पेटका मांसपेशी बलियो हुनु जरूरी हुन्छ । यसका लागि घरैमा वा जिम गएर व्यायाम गर्ने सल्लाह दिइन्छ ।
व्यायाम गर्दा लिंगमा राम्ररी रक्तसञ्चार हुन्छ जसका कारण यसलाई उत्तेजित हुन मद्दत पुग्छ ।
प्राक्क्रीडा गर्नुभयो भने तपाईं आफ्नो पार्टनरलाई खुशी बनाउन सक्नुहुन्छ र चरमसुख पनि लामो समयसम्म पाउनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया