मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सञ्जय लीला वेब सिरिज ‘हिरामाण्डी’ कारण चर्चामा

काठमाडौं – हिन्दी सिनेमालाई ‘पद्मावत’ र ‘हम दिल दे चुके सनम’ जस्ता सुन्दर फिल्म दिएका सञ्जय लीला भन्सालीको प्रोजेक्टको दर्शक सधैं उत्सुकताका साथ प्रतीक्षा गरेका छन् ।

योसँगै उनी लामो समयदेखि आफ्नो वेब सिरिज ‘हिरामाण्डी’ लाई लिएर चर्चामा छन् । केही समयअघि रिलिज भएको फिल्मको पोस्टरले दर्शकमा निकै बेथिति बढाएको थियो । योसँगै यसको टिजर पनि छिट्टै रिलिज हुन लागेको छ, जसको रिलिज मिति पनि घोषणा गरिएको छ ।

भन्साली निर्देशित ‘हिरामाण्डी’को नाम पनि निकै चर्चामा छ । तर, अहिले दर्शकको अधीरता निकै बढेको छ । अहिले निर्माताले यसको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । यससँगै उनले ‘हिरामाण्डी’ को पहिलो झलक फागुन १ गते देखाइने जानकारी दिएका छन् । यस्तो अवस्थामा बिहीबार फिल्मको टिजर रिलिज हुने अनुमान गरिएको छ ।

भन्साली ‘हिरामाण्डी’ मार्फत डिजिटल दुनियाँमा प्रवेश गर्न लागेका हुन् । यो सिरिजको कथा पाकिस्तानको रेड लाइट एरियाबाट प्रेरित रहेको बताइएको छ । भारत र पाकिस्तानको विभाजन हुनुअघि हिरामण्डीका दरबारहरू निकै चर्चित थिए। अब भन्सालीले यी गणिकाको कथा दर्शकमाझ प्रस्तुत गर्न लागेका छन् ।

ुहिरामान्डीु ओटीटी प्लेटफर्म नेटफ्लिक्समा स्ट्रिम हुने भएको छ। सिरिजमा ऋचा चड्डा, सोनाक्षी सिन्हा, मनिषा कोइराला, सञ्जीदा शेख, अदिति राव हैदरी र शर्मिन सेगलजस्ता अभिनेत्री मुख्य भूमिकामा देखिनेछन् । यसको पोस्टरमा सबै अभिनेत्रीको लुक्स सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?