मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नाटक

‘मासिन्या’मा दर्शकको ओइरो, आइतबार सम्मका लागि टिकट बुकिङ

काठमाडौँ–थापागाउँस्थित मण्डला थिएटरमा माघ ११ गतेदेखि मञ्चनमा आएको नाटक ‘मासिन्या’लाई दर्शकले निकै रुचाएका छन् । नाटक मञ्चनको छैठौं दिनसम्म पनि हाउसफुल दर्शक रहेको नाटकका निर्देशक बुद्धि तामाङले बताए ।

उनका अनुसार आइतबार सम्मका लागि दर्शकले टिकट बुकिङ गरिरहेका छन् । ‘मासिन्या’काे केन्द्रमा तामाङको मुद्दा जस्तो देखिए पनि यसले समग्र उत्पीडन समुदायलाई प्रतिनिधित्व गरेकोेले दर्शकको रोजाइमा परेको निर्देशक बुद्धिको अनुमान छ ।

‘नाटकमा तामाङ जस्तो मात्र देखिए पनि हामी मध्ये कोही न कोही उत्पीडनमा छौं’, उनले भने,‘उत्पीडनको कथा तामाङमा मात्र नभएर सबै सिमान्तकृत जाति र समुदायमा छ । त्यसैले पनि नाटकलाई मन पराइदिनुभएको होला ।’

आफ्नो संस्कार भुल्दै गएको अहिलेको समयमा विकासका नाममा संस्कृतिको विनाश भइरहेको छ । यस्ता पाटो पनि नाटकमा समावेश गरिएको हुनाले दर्शकको मनमा छोएको उनको भनाइ छ ।

‘विकासको नाममा मौलिक संस्कृतिको लोप हुँदै जानु त तामाङको मात्र समस्या होइन, यो त युनिभर्सल कमन समस्या हो’, उनले थपे ।

सिमान्तकृत र विभेदका कथाहरु नाटक जस्ता सिर्जनाहरुमा धेरै आउनुपर्ने मासिन्याका लेखक लक्ष्मी रुम्बाले बताइन् । उनले भनिन्,‘मुलुकी ऐनदेखिको विभेदको कथा तामाङ समुदायले लामो समयदेखि भोग्दै आएका छन् । ढिलै भएपनि मासिन्यामा आएको छ । यही तीतो यथार्थ र विभेदको कथालाई दर्शकले मन पराइदिनुभएको छ ।’

राज्यसत्ताको प्रणालीभित्र कुल्चिएर बसेका तामाङ समुदाय र तमाम उत्पीडन वर्गका कथा नाटकमा समेटिएको छ ।

माघ २८ गतेसम्म मञ्चन हुने नाटकको निर्देशनमा बुद्धिसँगै सोनाम लामा पनि छन् । लक्ष्मीसहित राजु स्याङ्तान र राबतकाे लेखन रहेकाे नाटकमा रुपेश तामाङ, रोहनी लामा, सुनिल तामाङ, रविन दोङ, सानुमाया तामाङ, विष्णु मोक्तान लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?