मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रमोद अग्रहरी: पुस्तक पढ्छन्, खाना मीठो बनाउँछन्

नेपाली सिने जगतमा ‘भर्सस्टाइल’ कलाकारका रुपमा चिनिएका प्रमोद अग्रहरी नवलपरासीमा जन्मिएका हुन् । उनी लामो समयदेखि रंगमञ्च र फिल्ममा व्यस्त छन् ।

यतिबेला उनले अभिनय गरेको नाटक ‘पगला घोडा’ मण्डला थिएटरमा मञ्चन भइरहेको छ भने फिल्म ‘अगस्त्य’ को भर्खरै शूटिङ सकाएका छन् ।

बुटबलमा छायांकन गरिएको एउटा म्युजिक भिडियोमा अभिनय गरेको संयोगले उनी कलाकारिता क्षेत्रमा होमिए । अहिले उनी नायकदेखि खलनायकको भूमिकामा अभिनय गरिरहेका छन् । उनको दैनिकी व्यस्त छ ।

नेपाली सिने जगतमा ‘उमा’ फिल्ममार्फत डेब्यु गरेका अग्रहरी भारतको दिल्लीमा अवस्थित रंगकर्मीहरुको मन्दिर नेसनल स्कुल अफ ड्रामा (एनएसडी)का उत्पादन हुन् ।

रंगमञ्च पृष्ठभूमिको भएकाले होला, सानो भूमिका पाउँदा पनि दर्शकमाझ ‘मार्क’ हुन सक्ने खुबी उनीसँग छ भने ‘उत्कृष्ट भिलेन’को ट्याग समेत पाइसकेका छन् ।

उमा, चङ्खे शंखे पंखे, संरक्षण, फागु, कथा काठमाडौं, छक्का पन्जा, सेतो सूर्य, दुई रूपैयाँ, राधे, सुन्तली, जायरा, सिंहदरबार’ लगायत दर्जनौँ फिल्ममा काम गरिसकेका अग्रहरी अभिनित ‘चित्रा’ रिलिजको क्रममा छ ।

पुस २७ गतेबाट रिलिज हुने उक्त फिल्ममा उनी विभिन्न रुपमा देखिने छन् । तर फिल्मको प्रमोसन छोडेर अग्रहरी अहिले मण्डला थियटरमा मञ्चन भइरहेको नाटक ‘पगला घोडा’मा व्यस्त छन् ।

उनै व्यस्त अभिनेता अग्रहरीले आफ्नो जीवनशैलीबारे जोय नेपालका लागि कुलचन्द्र विष्टसँग गरेको कुराकानीः

तपाईँको दिनको सुरुवात कसरी हुन्छ ?

म एकदमै सरल र सहज मान्छे हो । पेशाका हिसाबले म कलाकारितामा छु । तर म बेलुका ८ देखि ९ बजेसम्म बजे सुतिसकेको हुन्छु । यही कारण भनौँऽ म बिहान सधै साढे ४ बजे उठिसक्छु । बिहान पूजापाठ गर्नु मेरो दैनिकी नै हो । जे होस्, साढे ८ बजेसम्म मेरो नित्य काम सकिसक्छु । त्यसपछि आधा घण्टामा केही लेख्छु । सुटिङ छ भने यसलाई केही छोट्याउने गरेको छु ।

ब्राण्डमा कत्तिको सचेत हुनुहुन्छ ?

यो नै भन्ने त छैन । तर मलाई ब्राण्डले ‘म्याटर’ गर्दैन । राम्रो लाग्यो भने किनिहाल्छु । चाहे त्यो ब्राण्ड होस् कि जे होस् ।

खानामा कत्तिको सौखिन हुनुहुन्छ ?

म खानामा सौखिन छु । तर बाहिर खाने बानी छैन । रेन्टुरेन्टहरुमा म खासै बानी छैन । म शायद त्यस्ता ठाँउमा गएँ भने ‘अर्डर’ गर्न पनि आउँदैन होला जस्तो लाग्छ । प्रायः म आफै पकाएर खान्छु र म मिठो खाना खान्छु । बाहिर पाउने सबै खाना म आफै बनाउन सक्छु । मलाई लाग्छ म मिठो पकाउँछु (हाँसो)

अध्ययन कत्तिको गर्नुहुन्छ?

अँ… गरिरहेको हुन्छु ।

पछिल्लो पुस्तक कुन पढ्नुभयो ?

पछिल्लो पुस्तक (रोकिएर) अलिकति टाइम नै लाग्यो होला मलाई । नयनराज दाइको जियरा पढे । त्यसपछि पढ्न पाएको छैन । विचमा म बाहिर नै व्यस्त भए । यो बिचमा मेरो बुबाको देहान्त भयो । त्यसले पनि मेरो दैनिकी प्रभावित बन्यो । तर अब निरन्तरता दिन्छु

कलाकारले पढ्नु कति जरुरी छ ?

अति नै जरुरी छ, नपढी केही बुझ्नै सकिँदैन ।

अभिनयमा को बाट प्रभावित हुनहुन्छ ?

मेरो एउटा खराब बानी नै होला । म कसैलाई ‘फलो’ गर्दिनँ त्यही भएर होला मैले फिल्म नै कम हेर्छु । मेरो हिरो नै बुबा हो । जे जस्तो सिकेँ । सबै बुबा र आमाबाटै सिकेँ । म कसैको अभिनय हेरेर यस्तै गर्छु भन्ने सोच्दिनँ । आफैभित्र आफैलाई निखार्ने प्रयास गर्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?