मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चिसोमा प्रतिरक्षा प्रणालीलाई कसरी बलियो बनाउने ?

काठमाडौं – जाडो मौसम सुरु भएलगत्तै हामीलाई रुघा, खोकी, ज्वरोजस्ता स्वास्थ्यसम्बन्धी समस्याहरुले सताउने गर्दछ । यो मौसममा चिसोबाट बच्नुका साथै आफ्नो स्वास्थ्यको पनि विशेष ध्यान दिनुपर्छ । प्रतिरक्षा प्रणालीलाई बलियो बनाईराख्नको लागि चिसो मौसममा खानपानमा विशेष ध्यान दिनुपर्छ ।

के खाने ?

च्याउ

च्याउमा पाईने पोषक तत्वले हाम्रो शरिरको रोग प्रतिरोधक क्षमताको विकासमा सहयोग गर्छ । यसमा पाइने बिटा ग्लुकनले प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउने कार्य गर्दछ ।

लसुन

चिसो मौसममा लसुन निकै लाभदायीक मानिन्छ । यसले चिसो मौसममा कुनैपनि रोगको संक्रमण हुनबाट बचाउँछ भने भाइरससँग पनि लड्न सहयोग गर्दछ ।

सुप

चिसो हावाबाट बच्नका लागि सुपलाई निकै राम्रो मानिन्छ । ठूलो कचौरा एक कचौरा सुप पिउनाले पेट पनि भरिन्छ र तपाईंलाई चिसो र ज्वरोबाट बचाउँछ ।

पालुड्डो

पालुङ्गोमा निकै धेरै एन्टिअक्सिडेन्ट, भिटामिन र मिनरल पाइने हुनाले यसले प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्ने गर्दछ ।

गाजर

चिसो मौसममा गाजरलाई आफ्नो खानपानमा समावेश गर्नुपर्छ । यसले शरीरमा पैदा हुने भाइरसलाई नष्ट गर्ने गर्दछ ।

मरिच

चिसो मौसममा रुघा, खोकी र ज्वरोसँग लड्नका लागि तपाईंले आफ्नो खानामा कालो मरिच समावेश गर्न आवश्यक छ ।

अदुवा

चिसो मौसममा अदुवा मिसाएको चियाले शरिरलाई न्यानो बनाईराख्नको लागि सहयोग गर्छ ।

चिया

चिसो मौसममा सकेसम्म हर्बल चिया खानुपर्छ । यो मौसममा चिया पिउँने मानिसहरुलाई हत्तपत्त चिसोसम्बन्धी रोगले छुँदैन ।

जाडोमा के नखाने

चिसो खानेकुरा र चिसो पेय पदार्थहरु
आइसक्रिम र मिठाईहरु
पनिर, क्रिम र दही

चिसो मौसममा के नगर्ने

दिउँसो नसुत्ने
चिसो पानीले ननुहाउने
चिसोमा ऊनीका कपडा लगाएर बाहिर जाने
चिसो हावा, पंखा वा एसीको सम्पर्कमा नरहने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?