मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म

सकियो ‘भूठान’को छायांकन, दयाहाङ बने अमेरिकी आर्मी

काठमाडौँ– पहिलो हलिउड नेपाली फिल्म भनिएको फिल्म ‘भूठान’को छायांकन सकिएको बताइएको छ । विनोद पौडेल निर्देशित फिल्मलाई नेपालीमा ‘भूठान’ र अंग्रेजीमा ‘द वर्ल्ड ह्यापियस्ट म्यान’ नाम दिइएको छ ।

निर्देशक पौडेलका अनुसार फिल्मलाई हलिउडको अन्तर्राष्ट्रिय मान्यता र मापदण्डमा रहेर तयार गरिएको छ । सन् २०२४ को अन्त्यतिर सार्वजनिक गरिने भनिएको फिल्ममा नेपालबाट हरिवंश आचार्य, दयाहाङ राई, पूजा चन्द लामा, रीचा घिमिरे, भुवन प्याकुरेल, अदिति प्याकुरेल, कौशिला खनाल कर्मचार्य तथा भारतबाट अनुराधा मजुमदार र अमेरिकाबाट हलिउड स्टार ब्रुश डनलगायत कलाकारको अभिनय रहेको छ ।

फिल्ममा हलिउडकै प्रख्यात प्राविधिक पक्ष जोडिएकोले विश्व बजारमा छाप छोड्ने फिल्म युनिटको विश्वास छ । फिल्ममा जोयश पाण्डे र विमल सुवेदी पनि अभिनयमा देखिनेछन् । म्याड मंकी फिल्मस्ले निर्माण गरेको यस फिल्ममा नेपालबाट अवेकन प्रोडक्सनसँगै हलिउडको भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट र ठकुराठी ब्रोस सहकार्य गरेका छन् ।

कार्यकारी निर्माताहरु कौशिला खनाल कर्मचार्य, एल.एन अधिकारी, अपार श्रेष्ठ, रमेश भट्ट छन् भने राजेन्द्र ठकुराठी, अभिताव जोशी र अविरल थापा फिल्ममा निर्माताहरू रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?