मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

च्याटजीपीटी चलाउँदै हुनुहुन्छ ? तपाईँको डाटा ह्याकरसम्म पुग्न सक्छ


सूचना प्रविधिमा चासो राख्नेहरुका लागि सर्वाधिक चर्चाका विषय बनेको च्याट जिपिटीबाट हुन सक्ने सुरक्षा खतराबारे नयाँ खबर बाहिरिएको छ ।

इन्डियाना विश्वविद्यालय ब्लुमिङटनका सोधकर्ताहरुले यसको मोडल जिपिटि ३.५ टर्बोलाई लिएर सुरक्षा खतरा औँल्याएका हुन् ।
पीएचडी रुई झु को टोलीले च्याटजीपीटी प्रयोगकर्ताको इमेल दुरुपयोग भएको प्रमाण प्रस्तुत गरेपछि प्रयोगकर्ताहरुको डाटा ह्याकरसम्म पुग्न सक्ने खतराको खुलासा भएको हो ।

शोधकर्ताहरुका अनुसार च्याटजीपीटीको यो मोडलले तपाईँको जानकारीलाई याद राख्ने गर्छ भने प्राइवेसी सेफगार्डको वाइपास गर्न सक्छ । जसले तपाईले प्रयोग गर्नुभएको इमेलमार्फत डाटाहरुमा पहुँच बनाउन ह्याकरहरुलाई सजिलो हुन्छ ।

जुन एआई मोडलले न्यूयोर्क टाइम्समा कार्यरत ८० प्रतिशत कर्मचारीको छोटो जानकारी नै दिएपछि यसले उत्पन्न गर्ने सुरक्षा खतराबारे सचेत रहनुपर्ने देखिएको हो ।

झुको टोली बाहेक अरु विशेषज्ञको टोलीले समेत यो मोडलले उत्पन्न गर्ने सुरक्षा खतरा बारे प्रश्न उठाउँदै आएका छन । फलत: तपाईंले च्याटजीपीटी चलाउँदै हुनुहुन्छ भने नयाँ इमेल बनाएर प्रयोग गर्नु राम्रो हुने यस क्षेत्रका विशेषज्ञहरुले सुझाव दिएका छन् ।
यद्यपि यसको निर्माता कम्पनी ओपन एआईले भने प्रयोगकर्ताको डाटा सुरक्षाका लागि आफू सधै लागि पर्ने प्रतिवद्धता जनाएको छ ।

च्याटजीपीटी माइक्रोसफ्टको लगानीमा अमेरिकाको ओपन एआई स्टार्टअपले बनाएको हो । जसले आर्टिफिसियल इन्टेलिजेन्सको सहायताले विभिन्न प्रश्नहरूको उत्तर दिन्छ भने मानिसको लेखन शैलीको नक्कल गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?