मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज सुनको भाउ बढ्यो, चाँदीको भाउ भने स्थिर

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार लगातार ३ दिन देखी बढेको सुनको मूल्य बुधबार प्रतितोला १०० रुपैयाँले बढेर छापावाल सुन १ लाख १८ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार १५० रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दुइदिन पनि सुनको भाउ क्रमशः प्रतितोला ३००–३०० रुपैयाँले बढेको थियो ।

यसअघि मंगलबार सुनको मूल्य १ लाख १८ हजार ६०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार ५० रुपैयाँ निर्धारण भएको थियो ।

यता, बुधबार चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदीको भाउ तोलाको १४ सय २० रुपैयाँ कायम रहेको छ । मंगलबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?