काठमाडौं- आईसीसी यू १९ विश्वकपको सुपर सिक्समा अहिले नेपालले बंगलादेशको सामना गरिरहेको छ । दक्षिण अफ्रिकाको ब्लुम्फेन्टिनमा जारी खेलमा नेपालले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
आज नेपाली टोलीमा अर्जुन कुमाल, विपिन रावल, आकाश त्रिपाठी, देव खनाल, विशालविक्रम केसी, गुल्शन झा, दिपक बोहोरा, दिपेश कँडेल सुवास भण्डारी, आकाश चन्द र दुर्गेश गुप्ता रहेका छन् । मंगलबार भएको खेलमा भारत र पाकिस्तानले जित निकालेपछि एउटा पनि खेल नखेल्दै नेपाली टिम सेमिफाइनल दौडबाट बाहिरिइसकेको छ ।
बंगलादेशको भने गणितिय सम्भावना बाँकी नै छ । सुपर सिक्समा नेपालले दोस्रो खेल शुक्रबार भारतसँग खेल्दैछ । नेपाल समूह ‘डी’ बाट तेस्रो स्थानमा रहेर सुपर सिक्स पुगेको हो ।
समूह चरणको पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग ६४ रनले पराजय व्यहोरेको थियो भने र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । अन्तिम खेलमा अफगानिस्तानविरुद्ध १ विकेटको सनसनीपूर्ण जित निकाल्दै नेपाल सुपर सिक्समा पुगेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया