मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चित्रकलामा ‘राष्ट्र निर्माणमा सहिदको बलिदान’

काठमाडौं- राजधानीको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा सहिदको बलिदानलाई स्मरण गर्दै चित्रकला प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीमा राष्ट्र र राष्ट्रियता झल्काउने डेढ दर्जनभन्दा बढी चित्रहरु अवलोकन गर्न सकिन्छ ।

सहिद दिवस २०८० को अवसर पारेर प्रतिष्ठानमा सोमबार ‘राष्ट्र निर्माणमा सहिदको बलिदान’ विषयक चित्रकला कार्यशाला आयोजना गरिएको थियो । सोही कार्यशालामा सिर्जित कलाकृतिहरु प्रदर्शनीमा राखिएको हो । प्रदर्शनीमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्राज्ञ परिषद् सदस्य पाल्साङ्मो लामा, सौरगंगा दर्शनधारीलगायतको उपस्थिति थियो ।

प्रदर्शनीमा राखिएका चित्र अवलोकन गर्दै कुलपति हार्तम्छालीले उत्कृष्ट कलाकृतिको सिर्जना गरी सहिदप्रति सम्मान व्यक्त गरेकोमा सहभागी कलाकारलाई धन्यवाद दिए । उनले आगामी दिनमा अझ सशक्त रूपमा यस्ता कार्यक्रमको आयोजना गरिने प्रतिबद्धता जनाए । त्यस्तै, उपकुलपति लामाले सहिदलाई फराकिलो रूपमा सोची सम्मान गर्नुपर्ने धारणा राखे ।

२२ गतेसम्म चल्ने प्रदर्शनीमा संगी श्रेष्ठ, जुपिटर प्रधान, राकेशचन्द्र श्रेष्ठ, दीपेन्द्रमान बनेपाली, किशोर नकर्मी, विनोदकुमार गुप्ता, एनबी गुरुङ, केशवराज खनाल, श्यामसुन्दर यादव, विक्रम प्रजापति, नारायणप्रसाद बोहजु, नेमबहादुर तामाङ, एविना भडेललगायत कलाकारका कलाकृति राखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?