मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जाडो महिनामा अनुहारको हेरचाह कसरी गर्ने? यस्ता छन् उपयोगी टिप्स

मानिसको पहिलो ध्यान अनुहारमा खिचिन्छ । यसकारण हामी आफ्नो अनुहार निकै आकर्षक, स्वस्थ र सफा बनाउन लागिपरेका हुन्छौँ ।

अहिले जाडो महिनाको सिजन छ । चिसो मौसममा छालाको पनि विशेष ख्याल गर्नुपर्ने हुन्छ । किनकि, यतिबेला बाहिरी वातावरण सुख्खा हुन्छ ।

चिसो र छालापनले हाम्रो छालालाई असर पार्छ ।

काठमाडौंमा त अझ धुवाँ र धूलोले गर्दा झनै समस्या पारिदिन्छ । त्यसैले पनि जाडो मौसममा छालाको ख्याल गर्नुपर्ने हुन्छ ।

छाला रोग विशेषज्ञहरुले यसबाट जोगिने उपायका बताएका छन् । यसबारेमा हामी आज यो लेखमा छलफल गर्दैछौँ ।

छालाको हेरविचार नगरे सुख्खा छाला फुट्न, रगत निस्किन सक्ने र छालालाई अझै खराब बनाउँछ। गर्मी मौसममा पनि छालालाई केयर चाहिन्छ तर चिसो मौसममा यसको अझै बढी आवश्यक पर्न जान्छ।

जाडो मौसममा वायुको आद्रता कम हुने गर्छ । जसका कारण हावामा पानीको मात्रा कम हुन्छ । त्यस्तै, जाडोमा पानीको सेवन कम हुने तथा शरीरबाट पसिना कम आउने भएकोले पनि जाडोमा छाला सुख्खा हुने गर्छ ।

जाडो मौसममा आफ्नो छालालाई नरम र आकर्षक राख्न यी विधि अपनाउन सकिन्छ:

मनतातो पानीको प्रयोग गर्ने
– जाडोमा तातो पानीले नुहाउँदा आनन्द आउँछ तर जब तपाईं आफ्नो अनुहार र हात खुट्टा धुनुहुन्छ त्यतिबेला तपाईंले मन तातो पानीको प्रयोग गर्नु प्रभावकारी हुन्छ । जसले गर्दा तपाईंको छाला मोस्टराइज भइरहन्छ ।

मुख धोएपछि मोस्टराइजर प्रयोग गर्ने
तपाईंले आफ्नो छालालाई अझ राम्रो राख्नको लागि हरेक पटक अनुहार, हातखुट्टा सफा गर्दा मोस्टराईजरको प्रयोग गर्नुपर्छ । मोस्टराईजरलाई सधैं आफ्नो बाथरुममा राख्नुहोस् र हरेक पटक छाला सफा गरिसकेपछी त्यसको प्रयोग गर्नुहोस्।

मोस्टराइजर छान्दा ख्याल गर्ने
छालालाई नरमपन कायम राख्न जाडोमा छालाको हेरचाह अत्यन्त जरुरी हुन्छ । कुनै कुनै मोस्टराइजर पेट्रोलियममा आधारित सामग्रीद्धारा बनाइएको हुन्छ । जसले तपाईंको छालालाई जाडो मौसममा अझै सुख्खा बनाउन सक्छ। त्यसैले जाडो महिनामा तेल प्रयोग गर्नु उचित हुन्छ । किनभने यसले छालामा सुरक्षात्मक सतह बनाउँछ ।

हाम्रो छालालाई क्रिम र लोसनले भन्दा बढी नरम तेलले बनाउँछ । तेलमा पनि बदामको तेललाई सबैभन्दा राम्रो मानिन्छ । कारण तेलले छालाको रोम छिद्रलाई खुल्ला पार्न मद्दत गर्छ ।

पन्जा र स्कार्फको प्रयोग गर्ने
पन्जा र स्कार्फहरू चिसो हावाहरू, वर्षा र बर्फबाट छालाको सुरक्षा गर्न प्रयोग गर्नुहोस्। गर्मीयामका लागि हाम्रो छालालाई क्रिमको पनि अतिनै आवश्यकता पर्छ भने त्यत्ति नै जाडोयाममा पनि आवश्यक हुन्छ । जाडोमा घामको किरण पनि गर्मीको घामको किरण जस्तो हानिकारक हुन सक्छ, त्यसैले घरबाट निस्कनुअघि आफ्नो छालामा उचित सन्सक्रीम लगाउनुपर्छ ।

प्रशस्त पानी पिउने
जाडो मौसममा हामी एकदम कम मात्रामा पिउने गर्छौँ। पानी पिउनको साटो हामी कफी, चिया र अन्य तातो झोल पदार्थ पिउने गर्छौ तर यो कुरा नबिर्सनुहोस् कि तपाईंको छालालाई भित्र मात्र नभएर बाहिरबाट पनि हाइड्रेसनको आवश्यक हुन्छ।

पानीको कमीले आँखाको घेरामा कालो आउनु, ओठ सुख्खा हुनु, हात खुट्टाको छाला सुख्खा र कालो हुने हुन्छ । त्यसैले पर्याप्त मात्रामा पानी पिउनुपर्छ, जसबाट छालालाई स्वास्थ्य र मुलायम राख्न सकिन्छ ।कागतीसँग मनतातो पानीको प्रयोगले तपाईलाई धेरै ताजा र छालालाई सुख्खापनबाट बच्न मद्दत पु¥याउँछ ।

हातखुट्टाको केयरमा बढी ध्यान दिने
हात, खुट्टा र घुँडाहरूले शरीरमा अन्य क्षेत्रहरूको तुलनामा छिटो मुलायमता गुमाउँछन्। त्यसैले, राती सुत्नभन्दा अगाडि शरीरका यी भागमा मोस्टराईजर प्रयोग गरी त्यसको मुलायमपनलाई पन्जा र मोजा प्रयोग गरी बचाउनु होला।

छालाको चमक कसरी जोगाउने ?
छालालाई सुख्खा रहन नदिन अनुहारमा मोस्चराइजर तथा शरीरमा बडी लोसनको प्रयोग गर्ने ।
पर्याप्त मात्रामा पानीको सेवन गर्ने ।
अनुहारमा तातो पानीको बाफ लिने, यसले बन्द भएको रोमछिद्रलाई खुलाउँछ ।
हातले हल्का मसाज गर्ने । यसले अनुहारमा रक्तसञ्चारलाई बढाउँदछ ।
मौसमी फलफुलको सेवन गर्ने ।
साबुनको प्रयोग कम गर्ने अथवा मोस्टराइजिङ साबुन तथा फेस वासको प्रयोग गर्ने ।
ओठलाई सुख्खा हुन नदिन लिप बामको प्रयोग गर्ने ।
घाममा जानुभन्दा १५ मिनेट अगाडि राम्रो एसपिएफ भएको सनब्लक वा सनस्क्रिनको प्रयोग गर्ने ।
चिसो पानीमा धेरै समय काम नगर्ने ।
धेरै तातो पानीले ननुहाउने ।
शारीरिक सरसफाइमा विशेष ध्यान दिने ।
छालासम्बन्धी केही जटिल समस्या देखा परेमा छाला विशेषज्ञसँग तुरुन्तै परामर्श लिने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?