जर्मनीमा २ अर्ब १७ करोड डलर बराबरको क्रिप्टोकरेन्सी जफत

काठमाडौं- जर्मन प्रहरीले २ अर्ब १७ करोड डलर बराबरको क्रिप्टोकरेन्सी जफत गरेको छ । क्रिप्टोकरेन्सीविरुद्ध हालसम्मकै सबैभन्दा ठूलो कारवाहीमा जर्मन प्रहरीले ५० हजार बिट्कोइन जफत गरेको हो ।

कारवाहीमा जर्मनीको संघीय आपराधिक प्रहरी कार्यालय बीकेए, एफबीआई र जर्मन फोरेन्सिक आईटी कम्पनीले पनि सहकार्य गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

ड्रेस्डेन शहरको प्रहरीलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार संदिग्धहरूले स्वेच्छिक रूपमा बीकेएद्वारा प्रदान गरिएको आधिकारिक वालेटहरूमा बिट्कोइन स्थानान्तरण गरेपछि जफत गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?