काठमाडौं– भारतका भेट्रान निर्देशक एसएस राजामौलीले एक हजार करोडको लागतमा नयाँ फिल्म बनाउने भएका छन् । निर्देशक राजमौलीको यो घोषणाले भारतीय चलचित्र उद्योगमा हलचल पैदा भएको छ ।
यस फिल्मलाई हाल ‘एसएसएमबी २९’ नाम दिइएको भएपनि पछि परिवर्तन हुनसक्ने जनाइएको छ ।
घोषणा गरेअनुसार निर्माण भए यो भारतीय इतिहासकै सबैभन्दा महङ्गो फिल्म हुनेछ । यसअघि निर्माणाधीन ‘रामायण’ लाई सर्वाधिक महङ्गो फिल्मका रुपमा चित्रण गरिएको थियो ।
यस फिल्ममा महेश बाबुको मुख्य भूमिका रहने बताइएको छ । यद्यपि महेश बाबुले यस फिल्मबाट कुनै पनि पारिश्रमिक नलिने बताएका छन् । उनले फिल्म रिलिज भएपछि व्यापार हेरेर मात्रै पारिश्रमिक लिने सम्झौता भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया