मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रमोद खरेलको ‘मनमा चोट पर्‍यो’ (भिडियो)

काठमाडौं– गायक प्रमोद खरेलको स्वर रहेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सोमबार युट्युबमार्फत रिलिज गरिएको उक्त गीतमा प्रेममा परेर धोका खाएको युवको कथा समेटिएको छ ।

गीतको भिडियोमा एलपी शर्मा र उषा उप्रेतीको अभिनय देख्न सकिन्छ । साथै कलाकार भद्रजंग कुँवर समेत अभिनयमा रहँदा दिवसनाथ, रोहित देउवा, हेमन्त धामी, सञ्जु अधिकारी, सुसन्या लिली खड्काले पनि अभिनय गरेका छन् ।

गौरव गिरी र एलपी शर्माको शब्द रचना रहेको गीतमा पछिल्लो पुस्ताका उदयिमान संगीतकार रोहित देउवाले संगीत भरेका छन् । एरेञ्जको काम विषम आचार्यको छ भने मिक्सिङ तथा मास्टरिङ सजन शाहको छ ।

यस्तै बसन्त कुँवरले छायांकन गरेको भिडियोमा कालिञ्चोक आसपासका रमणीय दृश्यलाई सुन्दर तरिकाले कैद गरिएको छ । सम्पादन बलभद्र कुँवरको रहँदा मेकअपमा सरस्वती श्रेष्ठ र प्रोडक्सन म्यानेजरमा दिनेश खड्का छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?