मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु लाग्ने

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा छ ।

लुम्बिनी र बागमती प्रदेशका तराईका केही स्थान तथा मधेश र कोशी प्रदेशका तराई क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

तराईमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवनका साथै यातायात तथा हवाई सेवामा प्रभाव पर्न सक्ने भएकाले त्यसबाट हुने असरका साथै चिसोबाट बच्न महाशाखाको अनुरोध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?