मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

खाना खानेबित्तिकै फलफूल खाने गर्नुभएको छ ? बिरामी पर्नुहोला

काठमाडौं- के तपाईँले खाना खाइसकेपछि फलफूल खाने गर्नुभएको छ ? सुन्तला, कागती, अंगुरजस्ता फलफूलको स्वादमात्रै मीठो हुँदैन, यस्ता फलफूलमा भिटामिन सी पनि प्रशस्तै पाइन्छ ।

यस्ता फलफूलले शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउँछ । अघिपछि फलफूल खाँदा अनेक फाइदा भएपनि खाना खाएपछि भने फलफूल खानु राम्रो मानिँदैन ।

खासगरी अमिलो स्वाद दिने फलफूलहरू एसिडिक हुन्छन् । खानेकुरा खाएलगत्तै फलफूल खाँदा पेटमा समस्या भएका मानिसका लागि पाचन खराब हुन सक्छ ।

एसिडिटीले अपच वा पेटमा गडबडी निम्त्याउन सक्छ । त्यसैगरी, यस्ता फलफूलमा पाइने केही रासायनिक पदार्थ‌ले पोषक तत्वहरूको अवशोषणमा बाधा उत्पन्न गर्न सक्छ ।

जसका कारण शरीरमा आवश्यक खनिज र भिटामिनको कमी हुन जान्छ । त्यसैले पनि खाना खाइसकेपछि फलफूल खानु फाइदाजनक मानिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?