मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

घरमा आउने कस्ता जनावरले गर्छन् शुभ संकेत ?

काठमाडौं- हामी बसेको घरमा बेलाबेला बाहिरबाट विभिन्न किसिमका जनावर आइरहेका हुन्छन् । घरमा कहिलेकहीँ सर्प, बिच्छीजस्ता विषालु जनावर त कहिले चमेरा, भँगेरा, कागजस्ता चरा पनि आउने गर्छन् ।

हाम्रो समाजमा बाहिरबाट घरभित्र कुनै जनावर आए त्यसलाई राम्रो मानिँदैन । झन् विषालु जनावर आए हामी हतार हतार गरेर त्यसलाई भागाउन खोज्छौँ । तर, वास्तु शास्त्रको मान्यताअनुसार घरभित्र आउने सबै जनावरले अशुभ संकेत गर्दैनन् ।

घरभित्र देखा पर्ने केही जनावरले शुभ संकेत गर्छन् । उदाहरणका लागि घरमा कालो कमिला देखिए त्यसलाई शुभ मानिन्छ । खासगरी काला कमिला ताँतीमा छन् र खानेकुरामा झुम्मिएका छन् त्यसले अझ शुभ संकेत गर्छ । काला कमिला घर आउनाले घरमा लक्ष्मीको प्रवेश हुने मान्यता रहेको छ ।

त्यसैगरी, हाम्रो घरमा एकैसाथ तीन वटा माउसुली देखा परे त्यसलाई पनि शुभ मानिन्छ । वास्तु शास्त्रका अनुसार तीन वटा माउसुलीले पनि लक्ष्मी आउने संकेत गर्छ ।

त्यस्तै, घर नजिकै आँगन वा कौशीमा चराले गुँड बनाएको छ भने त्यसलाई नहटाउनुहोस् । घरको आँगन वा कौशीमा चराले गँड बनाए त्यसले पनि धनलाभ हुने शास्त्रीय मान्यता रहीआएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?