मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फेस्टिभलमा चर्चा कमाएको फिल्म ‘द रेड सुटकेस’ चैत्रमा रिलिज हुने

काठमाडौं– चलचित्र ‘द रेड सुटकेस’ को प्रदर्शन मिति तय गरिएको छ । सौगात मल्ल, विपिन कार्की, सृष्टि श्रेष्ठ र प्रवीण खतिवडा स्टारर यो फिल्मले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागिता जनाएर चर्चा कमाइसकेको छ ।

यो फिल्‍मलाई निर्माण कम्पनी आइसफल प्रोडक्सनले आगामी चैत ३० गतेलाई प्रदर्शन तय गरेको हो ।

यो फिल्मले भेनिस फिल्म फेस्टिभलमा स्क्रिनिङ भएर चर्चा कमाएको थियो । साथै फिल्मले अन्य अन्तर्राष्ट्रिय फेस्टिभलमा पनि सहभागिता जनाइसकेको छ ।

फिल्मलाई फिडेल देवकोटाले निर्देशन गरेका हुन् । यसका निर्माता रामकृष्ण पोखरेल हुन् ।

निर्माता पोखरेलले अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर नेपालको रिलिज मिति सार्वजनिक गरेका हुन् ।

यो फिल्म भेनिसबाहेक जर्मनीको म्यानहाइम हाइडेलवर्ग, स्वीट्जरल्याण्डको जुरिच र भारतको मुम्बईमा छानिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?