मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘पुष्पा २’ को सेटबाट अल्लु अर्जुनले सारी लगाएको तस्विर कसरी लिक भयो ?

काठमाडौं – अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म ‘पुष्पा २’ यसै वर्ष रिलिज हुँदैछ । यतिबेला साउथ सुपरस्टार आफ्नो फिल्मको सुटिङमा व्यस्त छन् । न त फिल्मको टिजर आएको छ न त कुनै गीत नै रिलिज भएको छ तर त्यसअघि नै उनको सेटबाट एउटा तस्बिर अनलाइनमा लीक भएको छ । ‘पुष्पा २’ को सेटबाट लीक भएको यो तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

‘पुष्पा २’ को सेटबाट लीक भएको यो भाइरल फोटोमा अल्लु अर्जुन ‘गंगाम्मा थल्ली’ अवतारमा देख्न सकिन्छ । यो त्यही लुक हो जुन फिल्मको फर्स्ट लुक पोस्टरमा पनि शेयर गरिएको थियो । यो तस्विरमा सुपरस्टार नीलो रंगको बनारसी साडी लगाएर कुर्सीमा बसेको देखिन्छ । लीक भएको तस्विरलाई लिएर फ्यानहरुले पनि तिब्र प्रतिक्रिया दिइरहेका छन् ।

फर्स्ट लुक पोस्टरमा पनि अल्लु महिलाको पहिरनमा देखिएका थिए । यो तस्बिर हेरेर धेरैले अल्लुले तिरुपति प्रचलित अनुष्ठान ‘गंगम्मा तल्ली जथारा’ मा भाग लिन लागेको अनुमान गरेका थिए ।

अल्लु अर्जुनको ‘गंगाम्मा तल्ली जथारा’ लुकको बारेमा कुरा गर्दा, ‘गंगाम्मा तल्ली जथारा’ तिरुपतिको प्रसिद्ध अनुष्ठान हो जुन हरेक वर्ष एक हप्तासम्म मनाइन्छ। यसको अन्तिम दिन, पुरुषहरू महिलाहरू जस्तै लुगा लगाउँछन् र गंगाम्मा जस्तै देखिन्छन्।

सुकुमारको निर्देशनमा बनेको चलचित्र ‘पुष्पाः द रुल’ यो वर्षको बहुप्रतिक्षित सिक्वेल हो । यो फिल्म १५ अगस्ट २०२४ मा विश्वभर धेरै भाषाहरूमा रिलिज हुनेछ। साउथको यो फिल्म बलिउड अभिनेता अजय देवगनको फिल्मसँग सिनेमाघरमा भिड्नेछ । अजयको ‘सिंघम अगेन’ अगस्ट १५, २०२४ मा थिएटरमा रिलिज हुँदैछ।

फर्स्ट लुक पोस्टरमा पनि अल्लु महिलाको पहिरनमा देखिएका थिए । यो तस्बिर हेरेर धेरैले अल्लुले तिरुपति प्रचलित अनुष्ठान ‘गंगम्मा तल्ली जथारा’ मा भाग लिन लागेको अनुमान गरेका थिए ।

सुकुमारको निर्देशनमा बन्न लागेको पुष्पा २ यही वर्ष अगस्ट १५ मा रिलिज गरिने भव्य तयारी भइरहेको छ । यो फिल्ममा अल्लु, फहद फासिल र रश्मीका मन्दनाको मुख्य भूमिका रहेको छ । फिल्म ५०० करोड भारु बजेटमा बनाउन लागिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?