मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पाकिस्तानी गायक असलम ७ वर्षपछि बलिउडमा कमब्याक

नयाँ दिल्ली – पुलवामा हमलापछि पाकिस्तानी कलाकारलाई भारतमा प्रतिबन्ध लगाइएको थियो । यसपछि कुनै पनि बलिउड फिल्ममा पाकिस्तानी कलाकार वा गायक देखिएनन् । न त कुनै लाइभ शो भारतमा भएको थियो। तर हालै यो प्रतिबन्ध हटाइएको छ।

भारतले पाकिस्तानी कलाकार, गायकहरूमाथि लगाएको प्रतिबन्धका कारण कयौँ वर्षदेखि आतिफले भारतीय फिल्ममा गीत गाउन पाएका थिएनन् । हालैका महिनामा सो प्रतिबन्ध हटेसँगै बलिउडमा आतिफको कमब्याकको बाटो खुल्ला भएको छ ।

अब भने, भारतीय फ्यानहरु पाकिस्तानी कलाकारहरुलाई आफ्नो मनपर्ने स्टारहरुसँगको सहकार्यमा देख्न पाउने आशामा थिए । फ्यानहरुको यो माग छिट्टै पूरा हुने देखिएको छ । पाकिस्तानी गायक आतिफ असलम छिट्टै बलिउडमा कमब्याक गर्न लागेका छन् । आतिफ असलम ७–८ वर्षपछि बलिउडमा कमब्याक गर्न लागेको समाचार एजेन्सीले जनाएको छ ।

भारतमा कमब्याक गर्ने उनी पहिलो ठूला पाकिस्तानी कलाकार बन्दैछन् । बलिउड फिल्म लभस्टोरी अफ नाइन्टिजका निर्माताहरुले आफ्नो फिल्मका लागि आतिफसँग सहकार्य गर्दैछन् । निर्देशक अमित कसारियाको यो फिल्ममा अध्ययन सुमन र मिस युनिभर्स दीवा, दिविता राल मुख्य भूमिकामा देखिनेछन् ।

बक्स अफिस वल्र्डवाइडमा प्रकाशित एक खबरका अनुसार लभस्टोरी अफ नाइन्टिजका निर्माता र वितरक हरेश संगानी र धर्मेश संगानीले भनेका छन्, ‘७–८ वर्षपछि आतिफको कमब्याक आनन्ददायक कुरा हो ।

आतिफले उक्त फिल्ममा एउटा मात्रै गीत गाएका छन् । गीत रामोन्टिक मेलोडी भएको अनि फिल्मको शीर्षकसँग निकै सुहाएको बताइएको छ । यो गीत दर्शकका लागि ‘डिलाइट’ हुने अनि यस वर्षको निकै हिट हुने दाबी पनि मेकरहरुको छ । यो फिल्मका लागि आतिफ बाहेक उदीत नारायण, अमित मिश्रा र अमन त्रिखा लगायत गायकहरुले पनि गीत गाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?