मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हिमालय लोकस्टार सिजन २ को होस्ट बद्री पंगेनीले गर्ने

काठमाडौं – हिमालय लोकस्टार सिजन २ को मंगलबार आजदेखि डिजिटल अडिसन खुला भएको छ । गत महिना नै भ्वाइस अफ नेपाल सिजन ५ को ग्राण्ड फिनालेमा जजमध्येका एक राजु परियारले दोस्रो सिजन आउन लागेको बताएका थिए ।

यो सिजनलाई लोक तथा दोहोरी गायक बद्री पंगेनीले होस्ट गर्ने भएका छन् । भ्वाइसको फिनालेमा पंगेनीले ‘मान्छे चलेन’ गीत प्रस्तुत गर्दै आफू लोकस्टारसँग जोडिन लागेको बताएका थिए । अहिलेसम्म गायक परियारलाई जजको रुपमा घोषणा गरिएको छ । केही दिनमा अन्य जजको घोषणा गर्ने तयारी छ ।

इच्छुक प्रतिस्पर्धीले हिमालय टिभीको एप र ह्वाट्स एप नम्बर ९८०१११६१७४ मा आफ्नो भिडियो पठाएर अडिसन दिन सक्ने भएका छन् । बलराम विश्वकर्माले पहिलो सिजनको उपाधि जितेका थिए । नेपाली मौलिक लोक संगीतलाई प्रस्तुत गर्ने यो कार्यक्रम हिमालय टिभीमा प्रसारण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?