मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘मोदीबेनी’को शुभमुहूर्त गर्दै सिनेमाको टिम छायांकनमा निस्कियो

काठमाडौं – फिल्म ‘मोदीबेनी’को शुभमुहूर्त गरिएको छ । मंगलबार कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै मुहूर्तसँगै सिनेमाको टिम छायांकनमा निस्किएको छ । सिनेमामा अभिनेत्री वर्षा सिवाकोटीले मुख्य भूमिकामा अभिनय गर्ने भएकी छन् ।

अभिनेत्री सिवाकोटी मुहूर्त समारोहमा उपस्थित हुँदै आफूले डेव्यु अभिनेता अमर प्रताप श्रेष्ठसँग स्क्रिन शेयर गर्न लागेको जानकारी दिइन् । सिनेमाको टिम र स्क्रिप्ट मन परेर आफूले ‘मोदीबेनी’मा अभिनय गर्न लागेको बताइन् ।

ओजस थिएटरमा दुई वटा नाटकमा मुख्ख भूमिकामा अभिनय गरेका श्रेष्ठले केही विज्ञापन तथा ‘प्रीतको रित’ नामक वेब सिरिजमा अभिनय गरेका थिए । अभिनेता श्रेष्ठले आफू पूर्ण रूपमा सिनेमाको लागि तयार भएर अभिनयमा होमिन लागेको बताए ।

यो सिनेमाबाट झण्डै ९ वर्षपछि अभिनेत्री रेजिना उप्रेतीले कमब्याक गर्दैछिन् । सिनेमामा उनले कलाकार दिलीप केसीसँग स्क्रिन शेयर गर्नेछिन् । उप्रेतीले यसबिचमा आफूलाई अफर आएका सिनेमाहरूमा भूमिका मन नपरेर अभिनय नगरेको र यो सिनेमामा आफूले अहिलेसम्मकै सशक्त भूमिकामा अभिनय गर्न लागेको बताइन् ।

अभिनेता दिलीप केसीले समाज परिवर्तनको लागि क्रान्ति गर्ने पात्रको भूमिकामा आफूले अभिनय गर्न लागेको बताए । अभिनेता सरोज खनालले पनि सिनेमामा मुख्ख भूमिका निभाउनेछन् ।

सिनेमामा अमर, सरोज, रेजिना, वर्षा, दिलीपका अलावा कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिस लगायतको अभिनय रहनेछ । मुख्ख कलाकार अमरसहित अन्य केही कलाकारहरू अडिशनमार्फत् छनोट गरिएका हुन् ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण हुने सिनेमालाई आनन्द बिक्रम क्षेत्रीले लेखेका छन् । सिनेमामा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह(निर्माता रहेका छन् । करिब पैँतिस-चालिस वर्ष पहिले र हालको कथालाई मिश्रण गरी बनाइने सिनेमाले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथा भन्नेछ ।

निर्देशक शंकर कोइरालाले सामाजिक कथामा सिनेमा बन्ने बताए । सिनेमामा उत्सव दाहालको डिओपी, दिपेन्द्र गौतम ‘माइकल’को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गिता पौडेलको हेयर डिजाइन, भिम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङ मुख्ख सहायक निर्देशनको रुपमा रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?