मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् २०२३ का ट्रेन्डिङ डाइट प्लान, जसलाई विश्वका करोडौँ व्यक्तिले प्रयोग गरे

काठमाडौँ– व्यस्त जीवनशैली र प्याकेटका खानाका कारण पछिल्लो समय मोटोपना धेरैको टाउको दुखाइ बन्दै गएको छ ।

यसले उत्पन्न गर्न सक्ने दिर्घरोगहरुका कारण मानिसहरु आफ्नो तौल सन्तुलित राख्न हर सम्भव प्रयास गरिरहेका छन् । त्यसका लागि जिम जानेदेखि डाइट प्लानसम्म पालना गर्नु आजका दिनमा आवश्यकता नै बन्न थालिसकेको छ ।

जसमध्ये तौल घटाउन आफ्नो खानपानको शैलीमा धेरै ध्यान दिन सबैभन्दा जरुरी छ । जसको एक गल्तीले तपाईँको को तौल घटाउने सपना पूरा नहुन पनि सक्छ । अर्थात् तौल घटाउन जति शारीरिक अभ्यास जत्तिकै जरुरी डाइट प्लान बन्न थालेको छ ।

यसै सन्दर्भमा गएको वर्ष सबैभन्दा बढी लोकप्रिय भएका ५ डाईट प्लान यस प्रकार छन् ।

लो फ्याट डाइट
तपाई तौल कम गर्न प्रयासरत हुनुहुन्छ भने यो डाईट प्लानका बारेमा सुन्नुभएकै होला । यो डाईट प्लानमा हानिकारक फ्याटलाई निषेध गरिएको हुन्छ । जसले तौल कम गर्न मात्र नभई कोलेस्ट्रोल,उच्च रक्तचाप जस्ता रोगलाई नियन्त्रण गर्न पनि सहयोग गर्दछ ।

भेगन डाइट
गएको बर्ष सन् २०२३ मा भेगन डाइट प्लान समेत लोकप्रिय रह्यो । साहकारी भोजनले तौल घटाउन मात्र नभई धेरै खतरनाक रोगहरूबाट समेत बचाउने गर्दछ । यस डाईट प्लानमा पशुबाट प्राप्त हुने सबै प्रकारका खाद्य पदार्थलाई निषेध गरिएको हुन्छ । जसमा अन्न,तरकारी,फलफूल र ड्राई फ्रुट्सलाई भने सामेल गरिन्छ

ड्यास डाइट प्लान
यो डाईट प्लानमा नुनको मात्रा कम गर्ने कुरालाई जोड दिइन्छ । साथै यो डाइट प्लानमा चिनी र फ्याटका अलावा जङ्क फुडको प्रयोग समेत नियन्त्रण गर्नुपर्ने हुन्छ । तर फलफूल,हरियो सागसब्जी,दुग्ध पदार्थ भने भरपुर मात्रामा उपयोग गर्न सल्लाह दिइन्छ ।

पश्चिमा देशका युवाहरूमाझ लोकप्रिय बन्दै गएको यो डाईट प्लानलाई विना औषधी उच्च रक्तचाप नियन्त्रणकाको उपायका रूपमा समेत हेरिएको छ ।

फ्लेक्सिटेरियन डाइट प्लान
यो पूर्णत भेज होइन । ननभेज पनि होइन । भेजिटेरियन र ननभेजिटेरियनको मिल्दोजुल्दो रुप हो । फ्लेक्सिटेरियन डाइटमा मासु पूर्णत त्याग गरिँदैन । बरु आफ्नो खान्कीमा मासुको मात्रा घटाएर सागसब्जीको मात्रा बढाइन्छ ।

ईन्टरमिन्टेट फाष्टिङ डाइट प्लान
यो दिनमा कुनै निश्चित समयमा खाना खाने र बाँकी समय उपवास बस्ने डाइट प्लान हो । जसको विभिन्न प्रकारमध्ये १६ः८ सबैभन्दा प्रचलित छ । जहाँ ८ घण्टामा खाना खाइन्छ भने बाँकी १६ घण्टा पानी मात्र पिएर उपवास बस्ने गरिन्छ । त्यस्तै हप्तामा कुनै दिन उपवास बस्नेदेखि ईन्टरमिन्टेट फाष्टिङ डाइट प्लानका विभिन्न प्रकारहरु छन् ।

यी डाइट प्लानहरुका फाइदा र बेफाइदा आ–आफ्नै छन् । यसका अलावा अन्य धेरै प्रकारका डाइट प्लानहरु समेत विश्वमा प्रचलनमा छन् ।

जसलाई खाना र भान्सा सुधारे अस्पताल नै जान पर्दैन भन्ने भनाइको उदाहरणका रुपमा हेर्न सकिन्छ । तपाई समेत यसलाई पालना गर्ने सोचमा हुनुहुन्छ भने पोषणविदलाई भेटेर विस्तृतमा जानकारी लिन सक्नहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?