मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नयाँ म्युजिक भिडियो भैगो अब मनि रुन्न सार्वजनिक

काठमाडौं – मोडल अनुप बोहरा अभिनित नयाँ म्युजिक भिडियो ‘भैगो अब मनि रुन्न’ सार्वजनिक भएको छ। उक्त म्युजिक भिडियो एस् आर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

चर्चित गायिका सिम्रन परिवारको स्वर रहेको उक्त गीतमा अलोन रेसमको शब्द संयोजन रहेको छ भने बिशाल निरौलाको संगीत, एरेन्ज रहेको छ।

भिडियोमा मोडल अनुप बोहरा, आशा पौडेल, रितु बस्नेत र राज सर्गमको अभिनय देख्न सकिन्छ। राहुल बराईलीको निर्देशन रहेको भिडियोको छायाङ्कन मुकेश हुमगाईले गरेका छन् । भक्तपुरको गुन्डुमा छायाङ्कन गरिएको भिडियोको सम्पादन बिनोद बमले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?